नेपालगन्ज : आगामी शैक्षिक शत्रमा पाठ्यपुस्तक अभाव नहोस् भन्ने उद्देश्यका साथ सरकारले पाठ्यपुस्तकको व्यवस्थापनमा तीब्रता दिएको छ ।
नयाँ शैक्षिक शत्र २०७६ का लागी आवाश्यक पर्ने पाठ्यपुस्तक भण्डारणको कार्य तीब्र अघि बढेको जनक शिक्षा सामग्री केन्द्र नेपालगन्जका प्रमुख रबीन्द्र शर्मा बताउँछन् ।
उनकाअनुसार गत बर्ष विक्री हुन नसकेको करिब दुई लाख थान पाठ्यपुस्तक अहिले पनि बाँकी छ । करिब दुई करोड मूल्य जतिको पाठ्यपुस्तक बाँक रहेकोले आगामी शैक्षिक शत्रलाई यसले पनि केही सहयोग गर्ने देखिएको छ । नेपालगन्ज गोदाममा १७–१८ लाख बढी पाठ्यपुस्तक आइसकेको उनी बताउँछन् ।
हिमाली तथा केही पहाडी क्षेत्रमा आगामी फागुनबाट नयाँ शैक्षिक शत्र शुरु हुदैछ । तराई सहितका केही जिल्लामा बैशाखदेखि नयाँ शैक्षिक शत्र
शुरु हुने छ । आगामी शैक्षिक सत्रा लागि विगत झै पाठ्यपुस्तक अभाव नहोस् भनेर सरकारले यस क्षेत्रमा दुईवटा कार्यालय पनि थप गरेको उनले बताए ।
उनकाअनुसार प्रदेश पाँचका लागि नेपालगन्ज र वुटवलमा र कर्णाली प्रदेशका लागि सुर्खेतमा केन्द्रको कार्यालय स्थापना गरी पाठ्यपुस्तक व्यवस्थापनको काम अघि बढाईएको छ । तीनवटै कार्यालयले पाँच र कर्णाली प्रदेशका तत्कालिन कर्णालीका जिल्लामा पुस्तक अभाव नहुने गरी काम गरिरहेका छन् । अहिले कक्षा पाँच देखी कक्षा १० सम्मको पाठ्य पुस्तक धमाधाम भण्डारण गरिरहेका छन् । अबको केही दिन भित्रै एजेन्ट मार्फत विद्यालयमा पुस्तक पुग्ने उनी बताउँछन् ।
यसबर्ष पाठ्यपुस्तक समयमा विद्यार्थीले पाउनमा उनी विश्वस्त् छन् । उनकाअनुसार कर्णालीका जिल्ला सुर्खेतले हेर्ने र आवश्यक परेको खण्डममा नेपालगन्जले पनि सहयोग गर्ने भएकोले आगामी बर्ष कर्णालीमा पुस्तक अभाव नहुने उनले बताए । बुटवलले लुम्बिनी अञ्चलका जिल्ला, राप्तीको रोल्पा र प्युठान जिल्ला नेपालगन्जले र कर्णालीलाई सुर्खेतले नै हेर्ने गरी कामको बाँडफाँड भएको उनी बताउँछन् । सरकारी ढिलासुस्तीले समयमा किताब छापेर भण्डारण गर्न समस्या हुने गरेको नेपाल मुद्रण उद्योग महासंघले यसअघि बताउँदै आएको थियो ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?