नेपालगन्ज : होमस्टे (घरबास) एशोसिएसन नेपालको अध्यक्षमा केशब बडाल सर्वसम्वतले निर्वाचित भएका छन् । होमस्टे (घरबास) एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनले केशब बडालको अध्यक्षतामा २५ सदस्सीय केन्द्रिय कार्य समिति चयन गरिएको छ ।
समितिमा निवर्तमान अध्यक्ष भिम बहादुर केसी पदेन सदस्य, उपाध्यक्षमा प्रदेश १ यदुमणी निरौला, प्रदेश ३ बाबुराजा महर्जन, गण्डकी प्रदेश दिलकुमारि राना, प्रदेश ५ धनिश्वर वस्याल, सुदुर पश्चिम प्रदेश राम बहादुर चौधरी , शारदा आचार्य र कौशिला मैनाली निर्वाचित भएका छन् । यस्तै महासचिवमा प्रेम शंकर मर्दनिया थारू , सचिवमा कृष्णलाल चौधरी, कोषाध्यक्षमा सुरज बास्तोला निर्वाचित भएका छन् ।
केन्द्रिय सदस्यहरूमा प्रदेश एक शिव कुमारि लिम्बु महिला लाप्लेजुङ, एकराज घिमिरे इलाम, अनिल कुमार रानामगर धन्कुटा, प्रदेश दुई मा शम्भुराम पौडेल पर्सा, प्रदेश ३मा गंगामाया हयाजु, किर्तिपुर, सुकुमाया लामा ललितपुर, राजकुमार लामिछाने भक्तपुर गण्डकी प्रदेशमा मनोष घले गोर्खा, झनक बहादुर महत्व नवलपुर, चुडामणी पौडेल स्याङजा, प्रदेश पाँचमा शालिकराम चौधरी बर्दिया, कर्णालीमा जितबहादुर चौधरी, सुर्खेत, सदुरपश्चिममा जमुना चौधरी कञ्चनपुर निर्वाचित भएका छन् ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?