नेपालगन्ज: प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार पन्नालाल गुप्तको जीवनमा आधारित बृत्तचित्र ‘चाचाजी’ आज प्रर्दशनी हुदैछ । नेपालगन्जस्थित होटल कल्पतरुमा बेलुकी साढे ५ बजे उक्त बृत्तचित्र प्रर्दशन गरिने नेपाल प्रेस युनियन बाँकेले जनाएको छ ।
नेपाल प्रेस युनियन बाँकेको संयोजनमा गर्न लागिएको उक्त कार्यक्रमको सबै तयारी पुरा भएको प्रेस युनियनका केन्द्रिय सदस्य एवम् कार्यक्रम संयोजक जयसिंह केसीले सद्भावलाई जानकारी दिए । उनले भने–‘तयारी पुरा भईसकेको छ, चाचाजीको बृत्तचित्र अवलोकन गर्न सवैलाई समयमै उपस्थित हुन आग्रह गर्दछौं ।’
युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले यसअघि बृत्तचित्र अवलोकन गर्न सबैलाई निमन्त्रणा गरिएको बताए । कार्यक्रममा उपस्थित हुन बाँकेका सम्पुर्ण पत्रकार, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधी, उद्योगी, ब्यवसायी, समाजसेवी, बिद्यार्थी सबैलाई उनले आब्हान गरेका छन् । बृत्तचित्र प्रर्दशनी गरेर संकलन भएको रकम ‘पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोष’ मा जम्मा गरिने र हरेक वर्ष पत्रकारलाई पुरस्कार गरिने उनले जनाए । बृत्तचित्रमा पत्रकार सन्तोष रेग्मीको निर्देशन रहेको छ । नेपालगन्ज निवासी वरिष्ठ पत्रकार गुप्त युनियन बाँकेको संस्थापक अध्यक्ष हुन् ।
विगत चार दशकभन्दा बढी समयदेखी प्रकाशित हुदै आएको स्थानीय किरण साप्ताहिकका प्रकाशक÷सम्पादक समेत रहेका ९० वर्षी चाचाजीको सम्मानमा यसअघि युनियनले नेपालगन्जमा रथारोहनसहित भब्य रुपमा नागरिक अभिनन्दन गरेको थियो ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?