कोरोना सार्ने उदयपुरको नूरी मस्जिद

जमातिका कारण २४ जना कोरोना संक्रमित


कोरोना सार्ने उदयपुरको नूरी मस्जिद

File Photo

नेपालगन्ज  उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्के स्थित नूरी मस्जिदमा लुकेर बसेका जमातीका कारण नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेकोछ ।

उदयपुरमा एकपछि अर्को गरि ठूलो संख्यामा कोरोना भाइरस संक्रमित भेटिनुले हामी तेस्रो चरणमा पुगेको प्रष्ट छ । भुल्के स्थित नूरी मस्जिदमा रहेका जमातीकै कारण कारोना भाइरस संक्रमण बढेको कुरा सरकारले अघोषितरुपमा पुष्टि गरेकोछ । योसगैं भुल्केबस्ती सहित देश नै कोरोनाको उच्च जोखिममा परेकोछ ।

भारतको नयाँ दिल्ली स्थित निजामुद्दिनमा भएको जमातमा सहभागि जमातीहरुकै कारण यतिबेल देशको पूर्वी तराईसगैं सिंगो देश कोरोना भाइरसको उच्च जोखिममा परेपछि देश तथा विदेशको ध्यान उदयपुरतिर केन्द्रित छ ।

नेपालमा नूरी मस्जिदमा रहेका जमातिकै कारण कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लागिरहेकोछ । यसअघि सोही मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएको थियो । त्यसपछि सो क्षेत्रका ३ सय १९ जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहीँ मध्ये हिजो मङ्गलबार मात्रै ९ जनामा कोरोना संक्रमण देखिएको थियो । विडम्बना आज बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरु उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।

यसरी नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागिरहदाँ हालसम्म नेपालमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएकोछैन । यद्यपी यसअघि संक्रमित ७ जना पूर्ण निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । अन्य ३५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

उदयपुरको त्रियुगामा मात्रै २४ जना कोरोना संक्रमित 

एकैदिन ११ जनामा नोबल कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्के बस्तीमा कोभिड–१९ का बिरामीको संख्या २४ पुगेको छ ।

५ वैशाखमा ११ जना भारतीय नागरिकसहित जम्मा १२ जनामा कोरोना संक्रमण विस्फोटको रूपमा देखापरेपछि उदयपुर एकैपटक ‘रेड जोन’मा पुगेको थियो । त्यसको अर्को दिन थप एक जनामा संक्रमण पुष्टि भएकोमा ९ वैशाखमा एकैपटक ११ जनामा संक्रमण भएको पुष्टि भएसँगै उदयपुरको यो बस्ती अब सबैभन्दा जोखिम स्थल बन्न पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र सबैभन्दा ठूलो जोखिमस्थल बन्नुको कारण संख्यात्मक वृद्धि मात्र होइन । यसले बाहिरबाट आएकामा पहिलो संक्रमण देखिएपनि वैशाख ९ गते मङ्गलबारसम्म आइपुग्दा कोरोना भाइरस संक्रमण समुदायस्तरमा पुगिसकेको पुष्टि गरेको छ । योसगैं सिंगो समुदाय नै जोखिममा परेको देखिएको छ ।

समुदायस्तरमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै नेपाल कोरोना भाइरस संक्रमण महामारीको तेस्रो चरणमा पुगेको तथ्य देखापरेको छ, यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई औपचारिक रूपमा त्यसो भनिसकेको छैन ।

कोरोना भाइरस संक्रमणको यो त्यही विन्दू हो जहाँबाट संक्रमण नियन्त्रण गर्न नसकिने अवस्थातर्फ मोडिन सक्ने जोखिम रहन्छ । कैयौँ मुलुकका अनुभवले त्यही भन्छन् । यो संवेदनशीलतालाई ख्याल गरेर सरकारको ध्यान अब उदयपुर जिल्ला र त्यसमा पनि विशेषगरि त्रियुगा नगरपालिका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।

कोरोना भाइरस संक्रमणको ग्राफ बढी रहेको अवस्थामा उदयपुरको सो त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के बस्तीमा करीब ६ सय ५० जनसंख्या छ । तर सरकारले यो बस्तीमा हालसम्म जम्मा ३ सय १९ जनाको मात्र स्वाब संकलन भएको छ । उक्त संकलित स्वाब काठमाडौंसम्म ल्याएर परीक्षण गरिँदैछ ।

सरकारको भूमिका

देशमा कोरोना भाइरस संक्रमणको ग्राफ बढाउने पछिल्लो घटना उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित नूरी मस्जिद भएको प्रष्ट छ ।
योसगैं सरकारलाई कोरोना भाइरस संक्रमण बढ्न नदिन एक क्षण पनि ढिला नगरि आवश्यक कदम चाल्नु अत्यन्त जरुरी छ । उदयपुरको भुल्केमा सल्केको ‘कोरोना आगो’लाई नियन्त्रण गर्न सो क्षेत्रमा संक्रमितको उपचार, सम्भावित संक्रमितको पहिचान र संक्रमण विस्तारमा रोक लगाउन संघीय सरकारले एक क्षण पनि ढिला नगरी एक्सन लिनुको विकल्प छै ।

अहिलेसम्मको सर्वाधिक जोखिमपूर्ण अवस्था र क्षेत्र भुल्के बस्ती नै देखिएकाले यसमा हुने ढिलासुस्ती र उदासीनता भोली देशभर नै संक्रमण फैलिने कारक बन्न सक्छ । यस्तो जोखिमपूर्ण अवस्थाका बेला एक क्षणको ढिलाइ भयाबह र घात हुन सक्छ । यो संवेदनशीलता बुझेर आफूसँग भएका सबै स्रोत–साधन र जनशक्तिको परिचालन गरिनुपर्छ । यद्यपी प्रदेश १ सरकारले संघीय सरकारसँगको समन्वयमा जिल्ला शिल गरिसकेको छ ।