नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार पन्नालाल गुप्त चाचाजीको जीवनमा आधारित बृत्तचित्र आईतबार एक समारोहका बीच नेपालगन्जमा प्रर्दशन गरियो । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा प्रर्दशन गरिएको हो । पत्रकार सन्तोष रेग्मीले निर्देशन गरेको उक्त बृत्तचित्र प्रर्दशनी कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी गुप्तसहित अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमाल, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, सशस्त्र प्रहरीका एसपी भेषबहादुर शाह, पत्रकार महासंघका पुर्वअध्यक्ष धर्मेन्द्र झा, पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, पुर्वमहासचिव पोषण केसी, पुर्वकेन्द्रिय सदस्य प्रेम केसी र झलक गैरे, बाँकेका शाखाका संस्थापक अध्यक्ष लियाकत अलि, पुर्वअध्यक्ष रुद्र सुवेदी, युनियनका केन्द्रिय सदस्य जयसिंह केसी, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पत्रकार, नागरिक समाज, उद्योगी ब्यवसायी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका पुर्वअध्यक्ष झाले पत्रकारिता पेशामै जीवन सर्मपित गरेका चाचाजीबाट नेपाली पत्रकारले धेरै कुरा सिक्नुपर्ने बताए । मुलुकमा प्रजातन्त्र ल्याउन र समाज विकासमा पनि वरिष्ठ पत्रकार गुप्तले पत्रकारिताको माध्यमबाट धेरै योगदान दिएको उनको भनाई छ । कार्यक्रममा बृत्तचित्रका निर्देशक पत्रकार रेग्मीले नेपाली पत्रकारिता क्षेत्रलाई उचाईमा पु¥याउन चाचाजीको योगदान रहेको स्मरण गर्दै सम्मान स्वरुप आफुले बृत्तचित्र निर्माण गरेको बताए । बृत्तचित्र अवलोकन गरिसकेपछि सहभागीहरुले समाजका लागि पत्रकारले गरेको योगदान धेरै रहेको कुरा झल्काएको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले बृत्तचित्र प्रर्दशनी गरेर संकलन भएको रकम ‘पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोष’ मा जम्मा गरिने बताए । पत्रकार सम्मेलन गरी केहीदिनमै संकलित रकम सार्वजनिक गरिने प्रतिवद्धता जनाए । कोषको रकमबाट हरेक वर्ष पत्रकारलाई सम्मान गरिने युनियन बाँकेका सचिव अर्जुन ओलीले बताए । ‘प्रेस युनियन बाँकेको कार्यसमिति बैठकबाट चाचाजीको सम्मानमा पत्रकारिता पुरस्कार कोष स्थापना गरेका थियौं, बृत्तचित्रबाट संकलित रकम सोही कोषमा जम्मा हुनेछ, कोषमा अरु रकम थपेर हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गर्नेछौं,’ सचिव ओलीले भने ‘हाम्रो कार्यसमितिले गरेका महत्वपुर्ण कामहरु मध्ये चाचाजीको पुरस्कार कोष पनि एक हो ।’
नेपालगन्ज रानीतलाउ निवासी ९० वर्षिय गुप्त करिव चार दशकदेखी प्रकाशित हुदै आएको किरण साप्ताहिकका प्रकाशक÷सम्पादक रहेका छन् । उनी नेपाल प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष पनि हुन् । यसअघि युनियनले वरिष्ठ पत्रकार गुप्तको सम्मान स्वरुप नेपालगन्जमा नागरिक अभिनन्दन पनि गरेको थियो ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?