सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ निवासी समाजसेवी एवंम् अधिवक्ताको एक जोडिले दृष्टिविहीन हेरबिचार केन्द्र सुर्खेतलाई नगद सहयोग गरेका छन् ।
वीरेन्द्रनगरका समाजसेवी एवंम् अधिवक्ता ध्रुव कुमार श्रेष्ठ र उनकी श्रीमति तिलादेवी श्रेष्ठले आफ्नो ४३ औं बैवाहिक वर्षगाँठको अवसरमा सहयोग गरेका हुन् ।
श्रेष्ठ दम्पतिले (आज) बुधबार एक कार्यक्रमका बीच सामाजिक दूरी कायम दृष्टिबिहीन हेरबिचार केन्द्रका अध्यक्ष जीवन कुमार शाक्यलाई नगद ४३ हजार ६ सय ९७ रुपैयाँ प्रदान गरेका हुन् ।
रकम अभावका कारण समस्याग्रस्त भएका दृष्टिविहीन बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यका साथ समाजप्रतिको आफ्नो दायित्व सम्झेर उक्त रकम सहयोग गरेको श्रेष्ठ दम्पत्तीले जानकारी दिए ।
सहयोग रकम प्राप्त पश्चात दृष्ट्रिबिहीन हेरबिचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले बैवाहिक वर्षगाँठका अवसरमा केन्द्रलाई गरिएको सहयोगप्रति धन्यबाद दिए । उनले प्राप्त सहयोग रकमलाई दृष्ट्रिबिहीन छात्रछात्राको शिक्षामा लगाउने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै श्रेष्ठ दम्पत्तीका छोराबुहारी हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डाक्टर शुभ श्रेष्ठ तथा स्त्री रोग विशेषज्ञ डाक्टर कृतिका थापा श्रेष्ठले आफ्नो तेश्रो बैवाहिक वर्षगाँठको उपलक्ष्यमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटीकोइली स्थित स्वास्थ्य चौकीमा कार्यरत १४ जना कर्मचारीहरुलाई २० हजार बरामबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
उक्त स्वास्थ्य सामाग्रीमा एन–९५ माक्स, सर्जिकल मास्क, ह्याड ग्लोब्स र स्यानिटाईजर लगायतको सामाग्री रहेकोछ ।