अपहरणकारीलाई प्रहरीले गोली हानेर समात्यो, ३८ घण्टापछि बालिकाको सकुशल उद्धार 


सेतोखरी सेतोखरी   ५० मिनेट अगाडि
अपहरणकारीलाई प्रहरीले गोली हानेर समात्यो, ३८ घण्टापछि बालिकाको सकुशल उद्धार 

नेपालगन्ज। रुपन्देहीमा अपहरणमा परेकी एकजना बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। तिलोत्तमा नगरपालिकाकी १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ। 

तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई राति तिलोत्तमाकै एउटा जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवका अनुसार बालिकाको सकुशल उद्धार गरेर प्रहरीले अपहरणकारीको खोजी गरेको थियो।

उनलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले गोलीसमेत चलाएको थियो। प्रहरीका अनुसार थारुले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि गोली चलाउनु परेको थियो। उनको खुट्टामा गोली लागेको छ। 

गत बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरी लगेका थिए। 
घटनाको करिब ३८ घण्टापछि प्रहरीले बालिकाको सकुशल उद्धार गरेको हो।