File Photo
नेपालगन्ज: पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्याण्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरु अपडेट गरिरहन्छिन् ।
राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह ।
१९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जालमा फलोअर्सहरुले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् ।
पूर्णिकाले हालै फलोअर्सहरुसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरिन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छन् ।
'qooh.me' नामक वेवसाइटमा अकाउण्ट खोलेकी पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरुका ४८ वटा प्रश्नको जवाफ दिएकी छन् । यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्वन्धित वा अरु विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिन एजका केटीहरुमा यो वेवसाइट लोकप्रिय छ ।
एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए । यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’ तर, उनले उक्त ड्रिम ब्वाईको बारेमा बताएको भने छैनिन् ।
पूर्णिकाले त्यो अनलाईनलाई दिएको जवाफ यतिबेला सामाजिक सञ्जालमा खुबै चर्चाको विषय बनेकोछ । यसका साथसाथै आम नागरिकले पूर्णिकाले दिएको उक्त जवाफ अर्थात उनको ड्रिम ब्वाई को हो भन्नेबारे धेरै अडकलबाजी लगाइरहेकाछन् ।