खजुरा: बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीका युवाले २४ विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।
युवाले आफुहरुले संकलन गरेको रकम राहत प्याकेज बनाएर वितरण गरेका हुन् ।
खजुरा गाउँपालिका वडा नम्बर ३ का सदस्य देउमाया थापाको रोहवरमा उक्त राहत वितरण गरिएको हो ।
२० किलो चामल, १ किलो नुन, एक पोका तेल र एउटा साबुन वितरण गरिएको हो । नेरा आधारभूत विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा सहयोगी हातहरुलाइ धन्यवाद ज्ञापनसमेत गर्दै युवाहरुले सकारात्मक र सिर्जनात्मक काममा लाग्न आव्हान गरे ।
रोशन थापा, देवबहादुर कुँवर, कृष्ण क्षेत्रीलगायतका युवाले अगुवाई गर्दै गाउँको रक्षा गर्न समेत खटिने गरेका छन् ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व