नेपालगन्ज : बाँकेका आवटा स्थानीइले तहले विपद् व्यवस्थापनका लागि भन्दे दुई करोड ७१ लाख रूपैयाँ विनियोजन गरेका छन् । बर्षायाम सुरु भएसँगै बाँकेका स्थानीय निकायहरु यसपाली सचेतनासँगै पूर्वतयारीका लागि यतिको बजेट विनियोजन गरिएको हो ।
बाढीबाट वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले अहिले स्थानय तहले आफ्नै हिसाबले बजेट विनियोजन गरी सचेतानामा सक्रियता देखाएका छन् । विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि ‘उल्लेख्य’ बजेट छुट्याएका स्थानीय निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी पूर्वतयारीलगायत सचेतनाबारे गोष्ठी, दिनुका साथै समस्याको बेला खाद्यान्नको व्यवस्था गरिसकेका छन् ।
२०७१ पछिका बाढीमा सबैभन्दा बढी क्षति व्यहोरेको राप्तीसोनारी गाउँपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारूले बताए ।
सबै स्थानीय निकायमा विपद् व्यवस्थापन कोष स्थापना गरिसकिएको छ । राप्ती नदीमा भारतले बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध तथा सडकजस्तो बाँधले गर्दा ठूलो क्षति व्यहोर्दै आएको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले विपत पूर्वतयारी तथा प्रतिकार्यका लागि राम्रै बजेट विनियोजन गरेका छन् ।
त्यस्तै, सधैं राप्ती नदीको मार पर्ने डुडुवा गाउँपालिकाले ३७ लाख र नरैनापुर गाउँपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरेका छन् । विपद् पूर्वतयारी तथा प्रतिकार्यमा कोहलपुर नगरपालिकाले २९ लाख, जानकी गाउँपालिकाले २५ लाख, बैजनाथ गाउँपालिकाले ३० लाख, नेपालगन्ज उपमहानगरपालिकाले १० लाख र खजुरा गाउँपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेका छन् । बाढी आउदा उद्धार गर्न सधैं समस्या पर्ने राप्तीपारी यसपाली बेलैमै उद्धार टोलीको साथै तयारी खाज तयारी अवस्थामा राखिएको छ । चाउचाउ, विस्कुट, दालमोठहरु किनेर स्टक राखिएको छ । गाउँपालिकाले आफ्नै हिसाबले यस्तो तत्परता देखाएका हुन् ।
राप्तीपारीको गंगापुरमा रहेको शसस्त्र बेसक्याम्पमा एउटा रबर बोट, २५ वटा लाइफज्याकेट, डोरी, स्टेचर, फस्टएड किट तयारी अवस्थामा राखिएको छ । सशस्त्र प्रहरीको बागेश्वरी गण राप्तीपारी र गंगापुर बेस क्याम्पलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ । जिल्ला विपद् समितिले स्थानीय निकाय तथा तटीय क्षेत्रका बासिन्दालाई बाढी पूर्व तयारी तथा प्रतिकार्यका लागि सचेत गराइरहेको छ । राप्ती नदीमा पानीको बहाव ५ दशमलव ४ मिटर हुनेबित्तिकै पूर्व संकेतका लागि साइरन बज्ने गर्दै आएका छन् । रेडक्रसका गौरी बुढाथोकीले सबै ठाउँमा तालिम, गोष्ठी, स्थानीय विपत समिति गठन, कोष स्थापना, तयारी खाजा स्टक, सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जानकारी दिए ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?