खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाका विभिन्न क्वारेन्टिनबाट समय अवधि पुगेर आरडिटी र पिसिआर जाँचपछि रिपोर्ट नेगेटिभ आएका ५ सय एक जना घर फर्किएका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काका अनुसार २ सय ७१ जनाको आरडिटी र ५ सय १० जनाको पिसिआर जाँछ गरिएको छ । बिहीबार र शुक्रबार जाँच गरिएका आरडिटिमा १८ जनाको पोजेटिभ देखिएपछि पीसिआर गरिने खड्काले बताए ।
क्वारेन्टिनमा रहेका र अन्यको समेत गरिएको पीसिआर जाँचमा ५ जनाको कोरोना पोजेटिभ देखिएको थियोे । स्वास्थ्य प्रमुख खड्काका अनुसार जेठ २१ र २२ गते संकलन गरिएको रिपोर्ट आएको छैन । खजुरामा जाँचलाइ तीव्रता दिइएको छ ।
आज शुक्रबार मात्र १ सय ४ जना घर फर्किएका छन् । हालसम्म १ हजार २ सय ४६ जना क्वारेन्टिनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा २५ क्वारेन्टिन निर्माण गरिएकोमा २४ वटामा मानिस बस्दै आएका छन् ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व