पहिलो चरणमा २ लाख प्रदान
घाईते कमल शाही ।
नेपालगन्ज: ‘कमल शाही बचाऊ अभियान’मा हालसम्म ३ लाखबढि रकम संकलन भएको छ । बाँकेको कोहलपुर–१२, निबुवाका कमल शाहीको उपचार सहयोगार्थ सञ्चालन गरिएको उक्त अभियानले विभिन्न ब्यक्ति तथा संघसस्थाबाट रकम संकलन गरिरहेकोछ ।
संकलन गरिएको रकममध्ये पहिलो चरणमा २ लाख रुपौयाँ कमल शाहीका बुबा पदम बहादुर शाही मार्फत काठमाडौं पठाईएको अभियानका अभियन्ता महानन्द ढकालले बताए ।
रुखको हाँगाले लागेर गम्भीर घाईते भएका शाहीको हाल काठमाण्डौंको टिचिङ अस्पतालमा उपचार भईरहेको छ । टाउकोमा गम्भीर चोट लागेका शाहीलाई कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाण्डौं रिफर गरिएको थियो ।
कोहलपुर मेडिकल कलेजको भेन्टिलेटरमा ५ दिन राख्दा समेत उनको होस नखुलेपछि हेलिकप्टरबाट काठमाण्डौं लगिएको हो । विगत दुई हप्तादेखि अस्पतालको सघन कक्षमा उपचाररत शाहीको उपचार सहयोगार्थ बाँकेमा सहयोग अभियान सञ्चालन गरिएको हो ।
शाहीको उपचारमा आर्थिक अभाव नहोस् भनेर सञ्जिव बाबू पङ्गेनीको संयोजकत्वमा गठित ‘कमल शाही बचाऊ अभियान’ समितिले आर्थिक सहयोग संकलन गरिरहेको अभियन्ता ढकालले जानकारी दिए ।
मङ्गलबार समितिले पहिलो चरणमा २ लाख रुपौयाँ हस्तान्तरण गरेको र केही दिनभित्रै थप रकम संकलन गरी पठाउने निर्णय समेत भएको अर्का अभियान्ता शङ्कर अशान्तले बताए । अभियानलाई ३ लाख बढि रकमको आश्वासन प्राप्त भएपनि केही रकम उठ्न बाँकी रहेकाले तत्काललाई २ लाख रुपौयाँ काठमाण्डौं पठाईएको अशान्तले बताए ।
अहिलेसम्म अचेत अवस्थामा रहेका शाहीको उपचारमा मोटो रकम खर्च भइसकेको र अझै धेरै खर्च हुन सक्ने भएकोले सक्दो सहयोगकालागि अभियानका संयोजक संजिब बाबु पङ्गेनीले अपील गरेका छन् । सहयोगका लागि तपशिलको खाता वा ईसेवामा रकम जम्मा गर्न सकिने छ ।
खाता नं : 0730050017329
खाता नाम : पदम बहादुर शाही (कमलको बुवा) संन्जिब बाबू पंगेनि (बचाउ अभियानको संयोजक )
Bank : Mega Bank kohalpur branch
Contact no : 9858027692/9848034664
Esewa id : 9841760862/9802384512