अफगानिस्ताको मस्जिदमा दिनहुँ ३० भन्दा बढि पक्षी मर्छन्


अफगानिस्ताको मस्जिदमा दिनहुँ ३० भन्दा बढि पक्षी मर्छन्

सांकेतिक तस्विर

नेपालगन्ज: अफगानिस्तानको एक मस्जिदमा दिनहँु ३० भन्दा बढि पक्षी मर्ने गरेकाछन् ।

कोरोना भाइरस संक्रमण बढेसगैं लागेको लकडाउनका कारण हालसम्म अफगानिस्तानको मसहुर मजारस्थित सरिफ मस्जिदमा पालिएका एक हजारभन्दा धेरै परेवा चारो नपाएपछि मरेका छन् । लकडाउनका कारण लामो समयदेखि मस्जिद बन्द भएपछि चारो खान नपाएर त्यहाँका पक्षी (परेवालगायत अन्य पनि) मर्न थालेका हुन् ।

मस्जिदको हेरचाह गर्दै आएका कायुम अन्सारीका अनुसार ‘हरेक दिन ३० भन्दा धेरै सेता परेवा मरिरहेका छन् । हामीले यही मस्जिद बाहिर गाडिरहेका छौं ।’ उनका अनुसार अहिलेसम्म एक हजारभन्दा धेरै पक्षी मरिसकेका छन् ।

अफगानिस्तानमा लकडाउनका कारण लामो समयदेखि बन्द हुने धार्मिक स्थलमध्ये यो मस्जिद पनि हो । अफगानिस्तानमा हालसम्म २१ हजारभन्दा धेरै कोरोना संक्रमितको पुष्टि भइसकेका छन् । लकडाउनका कारण धार्मिकस्थलहरू बन्द हुँदा पक्षी तथा अन्य जनावरलाई खाना अभाव भएको छ ।