मेटिदैं त्रिभुवन चोकको ईतिहास

सार्वजनिक सुनुवाईपछि चोकको नामाकरण गरिने


मेटिदैं त्रिभुवन चोकको ईतिहास

नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष नन्दलाल वैश्यको निर्देशनमा २०७५ चैत्र २५ गते सोमबार राती नेपालगन्जको त्रिभुवन चोक स्काभेटर लगाएर फोडिदैं । तस्विर: विजय मल्ल /सेतोखरी

नेपालगन्ज: जनआन्दोलन २०६२/२०६३ मा आक्रोशित भएका जनताले नेपालगन्जको मुटु त्रिभुवना चोकमा धावा बोलेर राजा त्रिभुवनको शालिक फोडे । जनआन्दोलनका क्रममा त्रिभुवनका मात्र होइन तत्कालिन ज्ञानेन्द्र चोक, विरेन्द्र चोक, महेन्द्र पार्क स्थित शालिक समेत फोडे । त्रिभुवनको शालिक रहेको उक्त स्थान कुरुप भएको थियो ।

राप्रपा लगायत स्थानीयले पटक–पटक सो स्थानमा राजा त्रिभुवनको मूर्ती स्थापनाका लागि धेरै पहल गरेका छन् । देश संघीय गणतन्त्रमा प्रवेश गरेकाले आन्दोलनका नाममा पुराना ऐतिहासिक धरोहरका संरचना फुटाउदाँ ईतिहास मेटाउने दुस्साहास भएको विज्ञहरुको कडा आलोचनाले आलोचित बने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष नन्दलाल वैश्यको निर्देशनमा २०७५ चैत्र २५ गते सोमबार राती नेपालगन्जको त्रिभुवन चोक स्काभेटर लगाएर फोडिदैं । तस्विर: विजय मल्ल/सेतोखरी

उपयुक्त समयको पर्खाइमा त्रिभुवन चोक पुर्नस्थापना गर्नुपर्नेमा राप्रपा लगायतका स्थानीयले वातावरण तयार गरिरहेको अवस्थामा नेपालगन्ज उद्योग वाणिज्य संघले सो स्थानमा कुनैपनि शालिक राख्न मिल्ने गरि नयाँ संरचनामा बनाउन एक वर्ष अघि नेपालगन्ज उपमहानगरपालिकाको बोर्डबाट सो डिजाईन पास गरेको उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले दावि गरिरहदाँ आठौं राष्ट्रिय खेलकुदको संघारमा एकाएक धावा बोल्दै त्रिभुवन चोकमा स्काभेटर चलाएका थिए ।

रातको समय स्थानीयबासी आ–आफ्ना कार्यमा ब्यस्त रहीरहेको अवस्थामा एकाएक स्काभेटर प्रयोग गरि त्रिभुवन चोकनै फोड्दा वरिपरि रहेका स्थानीय अचम्मित मात्र भएनन् आक्रोशित बने । पूर्व स्वीकृति र जानकारी विना दादागिरी शैलीमा त्रिभुवन चोकमा स्काभेटर चलाएपछि आक्रोशित बनेका स्थानीयले स्काभेटर र चालकलाई नियन्त्रणमा लिइ उनीहरुप्रति जाइलागे ।

नजिकै रहेका प्रहरीले भीडलाई शान्त पार्दै त्यहाँबाट स्काभेटर चालकसहित फिर्ता पठाएका थिए, त्यो बेला कुनै ठूलो दुर्घटना हुन सकेन । सोबखत उपस्थित भीडमध्ये एक स्थानीय सलमान अन्सारीले भने–‘हामीलाई त्रिभुवन चोक नै चाहिन्छ । ईतिहास मेटाउने काम जसले गरेपनि हामी बाँकी छाड्दैनौ । सुन्नमा आएको छ की उद्योग बाणिज्य संघको निर्देशनमा स्काभेटर चलाइएको थियो ।’ भनेर यसको घर विरोध समेत गरेका थिए ।

नेपालगन्जमा रहेको ४० वर्ष पुरानो त्रिभुवन चोकको संरचना भत्काइएकोप्रति सर्वसाधारणले विरोध जनाएका थिए । त्रिभुवन चोकको संरचना भत्काउँदै गर्दा त्यतिबेला भेला भएका सर्वसाधारणले नेपालगन्जका मेयर डाक्टर धवल शमशेर राणा र नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष नन्दलाल वैश्य विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष नन्दलाल वैश्यको निर्देशनमा २०७५ चैत्र २५ गते सोमबार राती नेपालगन्जको त्रिभुवन चोक फोडिएको । तस्विर: विजय मल्ल/ सेतोखरी

नेपालगन्ज उद्योग वाणिज्य संघले त्रिभुवनको शालिक रहेको संरचना भत्काएर नयाँ स्तम्भ बनाउने र सौन्दर्यकरण गर्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिका समक्ष राखेको थियो । सोही अनुरुप मेयर राणाले संघलाई सौन्दर्यकरणका लागि अनुमति दिएको बताइएको थियो । मेयर राणाले १ वर्ष अघि नै संघलाई सौन्दर्यकरणका लागि अनुमति दिएको दाबी गरेका थिए । तर, नेपालगन्ज उपमहानगरको बोर्डले भने यस विषयमा त्यतिबेला कुनै निर्णय गरेको थिएन । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले संघलाई त्रिभुवन चोकमा सौन्दर्यकरण गर्न अनुमति दिइएको बारे जानकारी नभएको सो बेला बताएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष नन्दलाल वैश्यको निर्देशनमा २०७५ चैत्र २५ गते सोमबार राती फोडिएको नेपालगन्जको त्रिभुवन चोक नियाल्दै स्थानीय। तस्विर: विजय मल्ल / सेतोखरी

यसअघि प्रादेशिक महोत्सवका नाममा त्रिभुवन चोकमा रहेको राष्ट्रिय झण्डामाथि नेपालगन्ज उद्योग बाणिज्य संघका तत्कालिन अध्यक्ष नन्दलाल वैश्यले धावा बोलेका थिए । जसको सामाजिक सञ्जालमा ठूलै आलोचना भएको थियो । पटक–पटक संघका तत्कालिन अध्यक्ष वैश्य त्रिभुवन चोकका विषयमा विवादमा मुछिने गरेकाछन् । जसका कारण वैश्य विवादित बनेका थिए ।

अहिले नेपालगन्जको त्रिभुवन चोकमा राष्ट्रिय झण्डा र नेपालको नक्शा राखिने भएकोछ । बाँकेका क्रियाशिल राजनीतिक दलले बिहीबार नेपालगन्जको त्रिभुवन चोकमा राष्ट्रिय झण्डा सहित नेपालको नक्शा राख्ने भद्र सहमति गरेका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष नन्दलाल वैश्यको निर्देशनमा २०७५ चैत्र २५ गते सोमबार राती फोडिएको नेपालगन्जको त्रिभुवन चोक नियाल्दै स्थानीय। तस्विर: विजय मल्ल / सेतोखरी

नेपालगन्जको केन्द्र विन्दुको रुपमा रहेको त्रिभुवन चोक सौन्दर्यकरणका लागि यस्तो सहमति गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाले बोलाएको जिल्ला स्थित सर्वदलीय तथा सर्वपक्षीय बैठकले त्रिभुवन चोकको सौन्दर्यकरण गरि नेपालको राष्ट्रिय झण्डा र नक्सा राखी संरक्षण गर्ने निर्णय गरेको छ ।

नेपालगन्ज उद्योग बाणिज्य संघले प्रादेशिक महोत्सव (२०७५ फाल्गुन) का लागि भन्दै देशको झण्डालाई स्वतन्त्ररुपमा फहरिन नदिई झण्डालाई बाँधेर सिगारिएको त्रिभुवन चोक । तस्विर: सेतोखरी

बैठकले चोकको नामाकरणका सन्दर्भमा सोही स्थानमा सार्वजनिक सुनुवाई तथा सर्वदलीय सहमतिको विधिद्वारा गर्ने गरि हाललाई सौन्दर्यकरण कार्य सुरु गर्ने निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले बताए । तर, यस्तो गर्दा बषौंदेखिको चोकको ईतिहास सहजै मेटिने निश्चित छ । यो चोक नगरको मुटुमा छ, नगरप्रमुख डाक्टर राणाले भने, ‘अब यसलाई सुन्दर बनाउने जिम्मेवारी हाम्रो काँधमा छ ।’

थप समाचार

त्रिभुवन चोकमा राष्ट्रिय झण्डा र नक्शा राख्ने सहमति

त्रिभुवन चोकको लाज छोपिएला !