कोरोना कहर : मनकारि ओमजङ्ग


कोरोना कहर :  मनकारि ओमजङ्ग

नेपालगन्जः विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण आम मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि नेपालमा झण्डै तीन महिना भन्दा माथि पुग्न लागेको लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन् । धेरैको आम्दानीको बाटो पनि बन्द भएको छ । यस्तो अवस्थामा सक्नेले नसक्नेलाई सहयोग गर्नु अहिलेको आवश्यकता हो ।

सरकारले पनि समस्यामा परेका व्यक्तिलाइ घर भाडा छुट दिनु भनि पटक पटक घर धनीलाई आग्रह गरे पनि सुने नसुनेको गरिरहेकै बेला दैलेखका एक मनकारी समाजसेवी युवा तथा पुर्ब युवा संघ दैलेखका अध्यक्ष ओमजङ्ग थापालेले भने मन खोलेर आफ्नो घरमा बस्दै आएकाहरुलाई लकडाउन सुरुदेखि अन्त्यसम्मको लागि घरभाडा नलिने घोषणा गरेका छन् ।

लकडाउनका कारण धेरैको व्यवसाय संञ्चालन पूर्ण रूपमा बन्द भएको छ । आम्दानीका पाटाहरु पनि रोकिएको छ । लकडाउनमा आम्दानीको नभएको अस्थालाई मध्यनजर गर्दै युवा नेता थापाले दैलेखको टुडिखेल नजिकै रहेको आफ्नो घरमा बस्दै आएकाहरुलाई लकडाउन अवधि भर घर भाडा छुट गरेका हुन् ।

नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमण बढेसंगै दैलेखमा पनि कोरोना संक्रमित संख्या दिनदिनै बढेको छ । काम गरि खाने गरिब विपिन्न वर्गको लागि आर्थिक समस्या हुनसक्छ । त्यसैले उहाँहरुको समस्यालाई मध्यनजर गर्दै आफुले मानवताको हिसाबले आफ्नो तर्फबाट सयोग स्वरुप लगडाउन अवधि भर घरभाडा छुट गरेको थापाले बताए ।