नेपालगन्ज : उपचार गर्न नपाएर अलपत्र अवस्थामा परेका दुई बृद्धा महिलाको अहिले भेरी अष्पतालमा उपचार भइरहेको छ । उपचारका लागि नेपालगन्ज आएका डोल्पा ठूली भेरी– १ दुनैकी सीता कुमारी शाही र लक्ष्मी मल्ल ठकुरी वितग ४ महिनादेखी अलपत्र सरहको अवस्थामा रहदै आएका थिए ।
लक्ष्मी उपचारका लागि सहयोगी बनेर आउनु भएपनि उनी पनि अस्वस्थ भयपछी उपचार गरिएको हो । दुनैका व्यक्तिहरुबाट सहयोग जुटाएर फागुन १७ गते नेपालगन्ज आएका उनीहरु राम्ररी उपचार गर्न नपाउदै लक डाउनमा परेका हुन् ।
नेपालगन्ज वडा नम्बर–२० राँझा एअरपोर्ट नजिकै पशुपति नगरमा चैत्र १० बस्दै आएका हुन् । सुरुमा नेपालगन्ज मेडिकल कलेजमा उपचार गरिएपनी पूर्ण निको नभएकै अवस्थामा फर्काइ दिएको उनीहरुको गुनासो थियो ।
भेरीमा उपचार गराईरहेकी ठूलो भेरी–१ दुनैकी सीता र लक्ष्मीले अस्वस्थ भएलगत्तै नेपालगन्ज मेडिकल कलेजमा गएको र त्यहाँ आफूहरु पूर्णरुपमा निको नभएको अवस्थामा जबरजस्ती फकाइदिएको उनीहरुले बताए ।
नेपालगन्ज मेडिकलमा उपचार गराउन आएका उनीहरुका साथमा भएको पैंसा उपचार र खाना खर्चमा सकिएपछि साँझ विहानको छाक टार्न पनि धौ–धौ भएपछि उनीहरुको दयनीय खबर सार्वजनिक भएको थियो । यो खबर सार्वजनिक भएसगैं उनीहरुको उद्धार गरिएको एक हप्तापछि उपचार प्रक्रिया शुरु गरिएको हो ।
एउटा कोठामा कष्टकर जीवन विताइरहेका उनीहरुलाई कारकाँदो निवासी बसन्ती रोकाया शर्माले जेठ २१ गते उद्धार गरेर आप्mनो घरमा बास दिएकी हुन् ।
डोल्पा माईत भएकी रोकायाले घरमा मात्र ल्याइनन्, उपचारका लागि भेरी अस्पताल समेत पु¥याइन । अहिले शाहीको बेड नम्बर १५ मा उपचार भइरहेको छ ।
यसैबीच उपचारका लागि सम्वाद समूह बाँकेका तर्फबाट भेरी अष्पतालमा आवश्यक समन्वय र सहजिकरण गरिएको छ । कमजोरीकारण विरामीको अवस्था नाजुक छ । रोग के हो भन्ने पनि स्पष्ट पत्ता नलागीसकेको अवस्था छ । पैंसा पनि नभएको र आफन्त पनि कोही नभएकाले आवश्यक सहयोग गर्न पनि उनीहरुले अपील गरेकाछन् ।