नेपालगन्ज २७ मंसिर : सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अर्नगत मिसन मसुरो अभियान बाँकेमा प्रभावकारी देखिएको छैन् । बाँकेमा यो कार्यक्रमका लागि दुई बर्षमा २० लाख खर्च भएपनि उपलबधी भने शुन्य देखिएको छ । प्रदेश र स्थानीया तह मध्ये कस्ले कार्यक्रम सन्चालन गर्र्ने भन्ने अन्यौलताकै कराण यो कार्यक्रम अहिले प्रभावकारी हुन नसकेको हो । दुई वर्षदेखि जिल्ला तहमा बजेट नआएपछि कार्यक्रम बन्द रहेको छ ।
कार्यक्रम बन्द भएपछि उक्त कार्यक्रम अन्र्तगत कृषि सहकारी संस्थालाई मसुरो उत्पादनका लागि बितरण गरिएका कृषि सामग्री कुन अवस्थामा छन् र ती कृषकहरुले कस्तो काम गरिरहेका छन् भन्ने जानकारी समेत लिईएको छैन । नेपालगन्ज उद्योग वाणिज्य संघ सदस्य सचिव रहने जिल्ला स्तरिय समितिमा कृषि विकास कार्यालय, सहकारी बिभाग, जिल्ला विकास समितिको प्रतिनिधित्व हुने गरेको थियो ।
सोही समितिले कृषि सहकारी छनौट गरी कार्यक्रम दिने गरेको थियो । बाँकेमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्र्तगत मसुरो खेतीलाई छनौट गरिएको थियो । माटो सुहाउँदो खेती भएकाले मसुरो उत्पादन बृद्धि गरी स्वदेशमै आत्मनिर्भर बनाउने लक्ष्य राखिएपछि उक्त लक्ष्य पाउनका लागि गरिएको लगानीले शुन्य नतिजा दिएको छ ।
उक्त कार्यक्रमको सदस्य सचिवका रुपमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यालय प्रमुख अजयसिंह सिजापतिले बजेट नआएपछि दुई वर्षअघि देखि कार्यक्रम बन्द अवस्थामा रहेको बताए । कृषि विकास कार्यालय, सहकारी डिभिजन र जिल्ला विकास समिति खारेज भई नयाँ संरचनामा गएपछि पनि कार्यक्रम अघि बढ्न नसकेको उनले बताए ।
सिजापतिले कार्यक्रम सन्चालन अन्यौलमा रहेको बताए । बाँकेमा कृषकहरुलाई यस कार्यक्रम अन्र्तगत मसुरोको बीउँ, हाते ट्याक्टर जस्ता कृषि सामग्री दिएको थियो । उक्त सामग्रीको प्रयोगको अवस्था बारे समेत अहिले कसैले चासो देखाएको छैन् ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?