कुवँरको १३ औं पूण्य तिथीमा श्रद्धाञ्जली सभा

विन्दु कुँवर अक्षयकोष निर्माण गरिने


कुवँरको १३ औं पूण्य तिथीमा श्रद्धाञ्जली सभा

नेपालगन्ज : महिला विकास अधिकृत बिन्दु कुँवरलाई श्रद्धाञ्जली दिइएकोछ । महिला विकास अधिकृत कुँवरको १३ औं पूण्य तिथीका अवसरमा कुवँरका शुभ चिन्तकद्वारा श्रद्धाञ्जली अर्पण गरिएको हो ।

नेपालगन्ज उद्योग बाणिज्य संघको सभाहलमा आज श्रद्धाञ्जली सभाको आयोजना गरि उनीप्रती समवेदना प्रकट गरिएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित कँुवरको गत जेष्ठ २५ गते आईतबार काठमाडौंमा निधन भएको थियो । श्रद्धाञ्जली सभामा कुवँरको व्यक्तित्व, सामाजिक योगदानका बारेमा चर्चा गरिएको थियो ।

श्रद्धाञ्जली सभामा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले कुवँरद्वारा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्याङ्गन गर्दै उनीप्रति श्रद्धाञ्जली प्रकट गरे ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमाथापा मगरले लैंगिक हिंसा, बाल दुव्र्यवहार जस्ता सवालका बिरुद्ध कुवँरले समाजमा पु¥याएको योगदान अतुलनिय रहेको भन्दै उनको योगदानले हामी सबैलाई मार्गनिर्देश गरेको बताईन ।

यस्तै गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले कुवँरको व्यक्तित्वबारे चर्चा गरेका थिए ।  श्रद्धाञ्जली सभामा कुवँरकी समकक्षि कोहलपुुर नगरपालिका अन्र्तगत महिला तथा बालबालिका शाखामा कार्यरत महिला बिकास अधिकृत घटना शाह र नेपालगन्ज उद्योग बाणिज्य संघकी पूर्व उपमहासचिव रचना श्रेष्ठले कुवँरको निधनबाट मर्माहत भएको उल्लेख गर्दै कुवँरले समाजमा पुर्याएको योगदान भुल्न नसक्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रेस युनियन बाँकेकका निबर्तमान अध्यक्ष तथा सुदूरपश्चिमेली समाजका महासचिव जयनारायण शाहले कुवँरको उच्च मनोवल, सामाजिक भावना, मिलनसार व्यवहारले सबैलाई प्रभावित पारेको उल्लेख गर्दै कुवँरको निधनबाट अपुरणीय क्षती भएको बताए ।
२०२८ साल पौष २९ गते बर्दियामा जन्मिएकी अछामी चेली कुवँरले २०५२ सालमा निजामति सेवामा प्रबेश गरेकी हुन् । २०५२ सालमा महिला बिकास कार्यालय अछामबाट सेवा आरम्भ गरेकी कुवँरले २०५४ सम्म अछाममा काम गरेकी थिईन् भने २०५४ देखि २०७३ सम्म अबिछिन्न महिला बिकास कार्यालय, बाँकेमा कार्यरत रहँदै बाँके बासीको मनमा बस्न सफल भएकी थिईन् ।

२०७३ देखि २०७४ साल सम्म महिला तथा बालबालिका कार्यालय जुम्लामा कार्यरत रहेकी थिईन् । भने २०७४ देखि हाल सम्म महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत थिईन् । लामो समय महिला बिकास निरीक्षकको रुपमा कार्यरत कुवँरको पछिल्लो समय बढुवा भई महिला बिकास अधिकृतको रुपमा कार्यरत थिईन् ।

कुँवरलाई महिला तथा बालबालिका कार्यालय जुम्ला हुँदा क्यान्सर देखिएको थियो । क्यान्सर बिरुद्ध लामो समयदेखी लडिरहेकी सबैकी प्रिय बिन्दु कुवँर एक असल राष्ट्रसेवकको रुपमा परिचित थिइन् । हक्कि स्वभावकी बिन्दु महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत रहँदा होस्, महिला तथा बालबालिका कार्यालय जुम्ला तथा काठमाण्डौंमा रहेर काम गर्दा होस् उनले महिला तथा बालबालिका अधिकार, बालसंरक्षण र सिंगो सामाजिक रुपान्तरणका लागि कुवँरको उल्लेखनिय योग्दान रहेको छ ।

क्यान्सर रोगले पीडित भई उपचारमा समस्या भएपछि नेपालगन्जमा बिन्दु कुँवर उपचार सहयोगार्थ समिति गठन गरि सहयोग संकलन गरिएको थियो । संकलित ५ लाख ५४ हजार ४ सय ३६ रुपैयाँ २०७६ बैशाख २२ गते नेपालगन्जमा कुँवरलाई हस्तान्तरण गरिएको गैसस महासंघ नेपाल बाँके शाखाका अध्यक्षनमस्कार शाहले बताए ।

उनका अनुसार, सहयोग हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्ट धवलशम्शेर राणाले एक महिनाको तलब, भत्ता बापतको रकम ५० हजार सहयोग गरेका थिए ।

उच्च मनोवलकी धनी कुवँरलाई बचाउनका लागि गरेको सबैको प्रयास सफल नभएपछि उनका शुभचिन्तकहरु शोकमग्न छन् । करिव ४ बर्ष देखि अस्वस्थ कुवँरलाई आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि उपचारमा सहयोग गर्नका लागि २०७५ माघ १० गते नेपालगन्जमा बिन्दु कुवँर उपचार सहयोगार्थ समिति गठन गरिएको थियो । नेपालगन्ज उद्योग बाणिज्य सँघकी पूर्व उपमहासचिव रचना श्रेष्ठको संयोजकत्वमा ९ सदस्यिय समिति गठन गरिएको थियो ।

कार्यक्रमका सहभागिहरुले कुवँरको सामाजिक योगदानलाई अविश्मरणीय बनाउन अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।