नेपालगन्ज : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजनाअन्तर्गत गठित मानवअधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाका लागि क्षमता अभिबृद्धि सम्बन्धी एकदिने तालिम बिहीबार राप्तीसोनारी गाउँपालिकामा भएको छ ।
स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन निगरानी समूह तथा सरोकारवालाहरूको क्षमता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बताइन् । कार्यक्रममा इन्सेक प्रदेश पाँचका संयोजक भोला महतले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार प्राप्तीको लागि कानुनी प्रवाधान जान्न आवश्यक रहेकोले कानूनी सचेतनाको लागि तालिमको आयोजना गरिएको बताए ।
नागरिक तथा राजनीतिक अधिकारको साथै आर्थिक, सामाजिक सास्कृतिक अधिकारलाई पनि सँगसँगै लैजान सके मात्र मानवअधिकारको प्रत्याभुति हुने उनले बताए । तालिममा इन्सेक अभियान र मानवअधिकार, नेपालको संविधान २०७२ र ऐनमा व्यवस्था भएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमा स्थानीय जनताको पहुँच र परियोजना सम्बन्धि जानकारी, मानवअधिकार निगरानी समुहको काम कर्तव्य र अधिकार र कार्य योजना निर्माण विषयमा संयोजक महत, अधिवक्ता सुनिल श्रेष्ठ, कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले सहजीकरण गरेको ईन्सेक नेपालगन्जका विनोद पाण्डेले बताए । उनकाअनुसार उक्त तालिममा १९ जनाको सहभागीता रहेको थियो ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा