पत्रकार महिलालाई राहत प्रदान


पत्रकार महिलालाई राहत प्रदान

नेपालगन्ज : कोरोना भाइरस संक्रमणसगैं लागेको बन्दाबन्दीका कारण सिर्जित असहज परिस्थितीमा बाँकेका क्रियाशिल पत्रकार महिलालाई राहत प्रदान गरिएको छ ।

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) बाँकले विभिन्न जिल्लाबाट बाँकेमा आई पत्रकारिता गरिरहेका भाडामा बस्ने पत्रकार महिलाहरुलाई दैनिक उपभोग्य खाद्य सामग्री तथा माक्स वितरण गरेको हो ।

क्रियाशिल पत्रकार महिला बाँकेले जिल्लामा रहेर भाडामा बसी क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका दश जना पत्रकार महिलाहरुलाई उक्त सामाग्री प्रदान डब्लुडब्लुजे बाँकेकी अध्यक्ष अमृता केसीले जानकारी दिइन् ।

उनका अनुसार पत्रकार महिलाहरुलाई राहत स्वरुप चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री तथा एन–९५ माक्स वितरण बिहीबार प्रदान गरिएकोछ ।

कोरोना भाइरसका कारण बन्दाबन्दीमा रोजगारी गुमाएका, समयमा तलब नपाएका तथा समस्यामा परेका पत्रकार महिलालाई लक्षित गरि राहत सामाग्री वितरण गरिएको अध्यक्ष केसीले जानकारी दिइन ।

उनले भनिन्–‘कोठा भाडामा बस्ने पत्रकार महिलाहरुको समस्या समाधान गर्न यस्तो पहल अघि सारिएको हो । यो सहयोगले समस्यामा रहेका पत्रकार महिलालाई राहत भएकोछ ।’ क्रियाशिल पत्रकार महिला समुह बाँकेको पहलमा उक्त राहत सामाग्री सहयोग गरिएको हो ।