नेपालगन्ज :सार्वजनिक विदाको दिनमा सरकारी गाडी चलाउन यसअघि नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । सरकारको नियम विपरीत सरकारी सवारी चलाउदाँ जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य लिनुपर्नेहुन्छ । तर सरकारी कार्यालयका कर्मचारीहरुले बाँके जिल्ला प्रशासन कार्यालयको नियम विपरित सरकारी सवारी साधन चलाइरहेकाछन् ।
जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक विदाका दिन सार्वजनिक सवारी साधन प्रयोग गर्दा तत्कालिन क्षेत्रीय प्रशासन कार्यालयको परिपत्र अथवा अनुमति लिनुपर्ने प्रावधान छ । सरकारले यसअघिनै सार्वजनिक सवारी साधन नचलाउन आदेश दिइसकेकोछ । यदि चलाउनै पर्ने भए सरकारी मापदण्ड पूरा गरेर चलाउन पाइने व्यवस्था रहेपनि बाँके प्रशासनले उक्त नियमको वेवास्ता गरेको पाईएको हो ।
जिल्ला प्रशासन कार्यालयको नियम उल्लंघन गर्दै विना अनुमति सरकारी सवारी चलाउने आधा दर्जन सरकारी साधनलाई जिल्ला ट्राफिक कार्यालयले नियन्त्रणमा लिएको छ । बाँके ट्राफिकका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालय बाँके सहित कोहलपुर नगरपालिकाको भे १ ब १४२२, घरेलु तथा साना उद्योग कार्यालय नेपागन्जको भे १ ब ४०७, सिँचाई डिभिजन कार्यालयको भे १ ब ६११ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाईकल र भे १ ब ३०९ नम्बरको सरकारी मोटरसाईकल व्यक्तिगत प्रयोजनका लागि नेपालगन्ज बजारमा निर्धक्क कुदाउदा ट्राफिकले नियन्त्रणमा लिएको हो ।
सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधन चलाएकाले नियन्त्रणमा लिएको बाँके ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ओम पौडेलले सद्भावलाई बताए । घरेलु कार्यालय नेपालगन्जका कर्मचारी ऋषीराम पोखरेल, सिंचाई डिभिजन कार्यालयका राजकुमार बगलेले जिल्ला प्रशासन कार्यालयको अनुमति विनै ती सवारी साधन शनिबारका दिन प्रयोग गरेका थिए । बाँकेमा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधीदेखि सरकारी निकायका कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोग गर्दै आएकाछन् । शनिबारनै सल्यानको शारदा नगरपालिकाको सवारी साधन पनि बाँकेमै ट्राफिकले नियन्त्रणमा लिएको छ । यसअघि हुम्ला नगरपालिकाको सवारी साधन नेपालगन्ज स्थित वाटरपार्कको खुल्ला मैदानका उक्त नगरका नगरप्रमुख र उनका छोरा स्वयमले सिकिरहेको अवस्थामा फेला परेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यस विषयमा आफूलाई केही जानकारी नभएको बताउदै सार्वजनिक विदाका दिन जिल्ला प्रशासन लगायत जुनसुकै कार्यालयले अनुमति बिना सरकारी सवारी साधन चलाउन नपाउने बताए । उनले यस विषयमा तत्काल बुझेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा