नेपालगन्ज : नेपाल–भारत सीमा नाका जमुनाहमा रहेको होल्डिङ्ग सेन्टरमा खाद्यान्न सहयोग गरिएकोछ ।
ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालको संयुक्त आयोजनामा होल्डिङ सेन्टरका संयोजक सहसेनानी चेतन पौडेललाई प्रदान गरिएको छ ।
उक्त सहयोग सहसेनानी पौडेलको टिमले नेपाल–भारत सीमा भएर भारतबाट नेपाल आउने नेपाली नागरिकलाई वितरण गर्नेछ ।
सहयोग स्वरुप मेडिकल मास्क, फलफूल, पानी, बिस्कुट लगायतको उपभोग्य सामाग्री प्रदान गरिएको ठकुरी सहयोग सञ्जाल बाँकेका अध्यक्ष दीपकबहादुर शाहीले बताए ।
सहयोग सामाग्री प्रदान कार्यक्रममा ठकुरी सहयोग सञ्जाल प्रदेश पाँचका संयोजक संयोगजङ्ग शाह, कर्णाली प्रदेशका प्रमुख देव बहादुर शाही, ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायतले कोरोना संक्रमणका बेला मानवीय सहयोगको भावनाले उक्त सहयोग गरिएको बताए ।