जनुयुद्धकी ‘नमुना’ गणतन्त्रकी ‘सेलिब्रेटी’


जनुयुद्धकी ‘नमुना’ गणतन्त्रकी ‘सेलिब्रेटी’

प्रदेश सभासदस्य कृष्णा केसी नमुना । तस्विर: विजय मल्ल /सेतोखरी

नेपालगन्ज : कोभिड– १९ ले विश्व नै आंतकित र भयभित बनाएको बेला बाँकेको राप्तीपारी बघौडा क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउन कोरोना अवसर सावित भयो । २६ वर्षदेखि नारामा सिमित राप्तीपारीको बघौडा क्षेत्रमा विद्युतिकरण कोरोना संग्रामकै बेला पुरा भएको छ ।

अब राप्तीपारीको नरैनापुर सुगम सावित भएको छ । बिद्युत र सडक सुबिधा पुगेको छ । अस्पताल बनेको छ । चिकित्सक बस्न थालेकाछन् । सरकारी कार्यालयले गाउँमै सेवा दिइरहेकाछन् । टेलिफोन र नेटवर्क पनि गतिलै छ । दोस्रो संविधान सभाको निर्वाचन भएको करिब तीन वर्षमै राप्तीपारीको मुहार फेरिएको छ । नरैनापुर फेरिएको छ । बधौडा क्षेत्र फेरिएको छ ।

बाँके क्षेत्र १ ‘क’ का प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ को अथक प्रयास र तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा र वनमन्त्री शक्ति बस्नेत तथा विद्युत प्राधिकरण लगायतका सम्बन्धीत निकायसँगको सहकार्य र सहयोगमा राप्तीपारीको नरैनापुरमा विद्युतिकरण भएका हो ।उर्जामन्त्री वर्षमान पुनले पनि राप्तीपारी बिधुतीयकरण हुनुपूर्व कुसुममा पुगेरै योजनाको अनुगमन गरेको उनले बताइन् ।

प्रदेश ‘क’ बाट साँसद जितेकी जनप्रिय नेता ‘नमूना’ ले २६ वर्षदेखि अलपत्र विद्युत योजनालाई सफल मात्र बनाईनन् । राप्तीपारीका विभिन्न गाउँमा सडक सञ्जाल विस्तार, राप्तीनदीको दीर्घकालिन तटबन्ध निर्माण, यहाँको शिक्षा, स्वास्थ्य, खानेपानीको व्यवस्थापन देखि राप्तीपारी प्रशासनिक कार्यालयको स्थापना, बैंक तथा वित्तिय संस्थाको पुनः स्थापना लगायतका काम गरी त्यस क्षेत्रका आमनागरिकलाई घरदैलोमै सेवा सुविधा प्रवाहमा समेत योगदान पु¥याएकी छन् ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सचिवालय सदस्यका रूपमा काम गरेकी प्रदेश सांसद ‘नमूना’ले त्यहिबेलादेखि राप्तीपारीको विकास र विद्युतिकरणका लागि पहल थालेकी थिइन् । २०३६ साल चैत्र २९ गते तत्कालिन मध्पपश्चिमको रूकुमको तत्कालिन पिउँगा गाविसमा बुबा चन्द्रबहादुर र आमा विर्मा खत्रीको कोखबाट जन्मिएकी कृष्ण केसी ‘नमूना’ बाल्यकालदेखि नै विकासप्रेमी तथा न्यायको पक्षधर थिइन् ।

२६ वर्षदेखि अलपत्र परेको योजना सम्पन्नपछि बिजुली बत्तीको औपाचारिक उद्घाटन गर्दै प्रदेश सभासदस्य कृष्णा केसी नमुना लगायत ।

न्यायको आवाज उठाउँदै त्यहि बेलादेखि धनी र गरिब बीचको खाडल परिनुपर्छ भन्ने मान्यताका साथ अघि बढेकी ‘नमूना’ ले गणेश मावि ढकेरी बाँकेबाट २०५४ सालमा एसएलसी उत्तीर्ण गरेको बताइन् । मावि तहबाटै अखिल छैठौंको इकाई कमिटिमा बसेर राजनीति शुरू गरेकी ‘नमूना’ एसएलसी दिएसँगै अखिलको कार्यकर्ता भएकै कारण गिरप्mतारीमा परिन् । त्यतिबेला देशविरोधी आरोप लगाइएकी ‘नमूना’ ले करिब डेढ वर्ष नेपालगन्ज कारागारमा जेल जिवन विताइन् ।

एसएलसी उत्तीर्णपछि उनले जेलभित्रैबाट उच्च शिक्षा (आईए) को परीक्षा दिएको सुनाईन् । उनकाअनुसार २०५६ मा जेल जीवनबाट मुक्त भएपछि उनी फेरी राजनीतिमै जोडिएर अर्धभूमिगत जस्तै भएर अनेमसंघ क्रान्तिकारीको बाँकेको सचिव भइन् । २०५७ मा अनेरास्वबियु क्रान्तीकारीको भेरी कर्णाली सदस्य, २०५८ मा विराटनगरमा भएको भेलाले आन्दोलन शहर केन्द्रीत बनेपछि बिध्यार्थी सम्मेलनबाट बिदाइ भएर पार्टीको राजनीतिमा सक्रियरुपमा लागेको उनी बताउँछिन् ।

केन्द्रीय सदस्यको जिम्मेवारी दिएर बाँके क्षेत्रको एरिया कमिटी सदस्य भएकी ‘नमूना’ २०६२ सम्म पार्टीको कार्यालय सचिवालय सदस्य भइन् । कार्यालय सदस्य हुँदा गरेको काम सफलताकै कारण उनी २०६३ मा प्रदेश राज्य कमिटि सदस्य भईन् । २०६९ सम्म प्रदेश कमिटी सदस्य रहेकी ‘नमूना’ २०७० मा तत्कालिन एकिकृत माओवादीको बाँके सचिवको जिम्मेवारी प्राप्त गरेको बताउँछिन् । २०७१ मा केन्द्रीय सदस्य बनेकी ‘नमूना’ २०७३ को पाटी एलायन्सपछि बाँके क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेश सभा सदस्य बनेसँगै राप्तीपारीको मुहार चम्किन थालेको हो ।

त्यसअघि प्रेमबहादुर भण्डारी, देवराज भार लगायतका नेताहरूले यस क्षेत्रको विकास र विद्युतिकरणका लागि पहल नगरेका भने होइनन् । तत्कालिन अबस्थामा संसद विकास कोष र त्यस क्षेत्रमा गाविसले समेत रकम विनियोजन गरेका थिए । तर, तत्कालिन नेता भार, भण्डारी लगायतकै लापरवाही र उदासिनताले त्यो रकम सदुपयोग नहुँदा फ्रिज गएको थियो । तत्कालिन नेता भण्डारीले विद्युतिकरणका लागि २६ वर्षअघि गाडेका विजुलीका पोल अहिलेपनि अलपत्रै छन् । त्यतिबेलाको लगानी वालुवामा पानी झै भएको गाउँले जानकार बताउँछन् ।

वनको कारण देखाउँदै ११ वर्षसम्म वेवारिसे रहेको उक्त विद्युतिकरण आयोजना अहिले दुई÷तीन वर्ष भित्रै पुरा हुनु सजिलो थिइएन् । तर, सांसद ‘नमूना’ले राप्तीपारीलाई मुटुमा राखेर जनताको सेवा र राप्तीसोनारी र नरैनापुरको विकासमा अहोरार्ध खटिएको कारण २६ वर्षदेखि अलपत्र योजनाले मुर्तरूप पाएको छ ।

सधै ‘सुगर्मको कर्णाली’ उपनाम पाउने बाँकेको राप्तीपारी क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउन कोरोना र लकडाउन अवसरका रूपमा रहेको सांसद केसी बताउँछिन् । २०७२ को महाभुकम्पको विपतिमा बाँके, बर्दिया क्षेत्रबाट राहतका सामग्री खेलखार गरी गोरखा लगायतका जिल्लामा सहयोगका लागि पगेकी सांसद ‘नमुना’को बाँकेको राप्तीमा आएको बाढीको आपतिमा पनि यस क्षेत्रका नागरिकको चहराएको घाउमा मलम लगाउँने काममा उत्तिकै भूमिका रहेको थियो । कोभिड– १९ ले बाँके उच्च जोखिममा रहेको बेला आपत्तकालिन कोषको स्थापना गरेर प्रदेश सांसद ‘नमूना’ले वितमा परेका आमनागरिलाई राहत वितरण गरेकी छन् ।

अबको बाँकी जीवन पदमा रहे पनि नरहेपनि समाजसेवामै विताउँने प्रतिबद्धता जनाएकी सांसद ‘नमूना’ राप्तीपारीको मात्रै होइन, बाँकेको समग्र विकासका लागि आफूले जुनसुकै र जस्तोसुकै अवस्थामा पनि कुनै कसर बाँकी नराख्ने बताउँछिन् । उनी जिल्लाको समग्र विकासमा राजनीति गर्न नहुने भन्दै बाँकेका समृद्ध, सबल र सक्षम तथा सुन्दर बनाउँन सबैको सहयोगको खाँचो रहेको उनको भनाई छ । राप्तीसोनारी र नरैनापुरका स्थानीयकी साझा दिदी ‘नमूना’ को जनप्रेमी विकासले आज बत्ती बाल्न पाऔं स्थानीय नागरिक भन्छन् : ‘उहाँ सांसद नभए त हाम्रो बत्ती बाल्ने सपना अझै पुरा हुने रहिन्छ ।’ स्थानीयका यस्ता आवाजले पनि युद्धकालकी ‘नमूना’ गणतन्त्रकी वास्तविकै ‘सेलिब्रेटी’ बनेकी छन् ।