नेपालगन्ज : दाङको घोराही उपमहनागरपालिका वडा नम्बर १५ निवासी गीता आचार्यले एक महिनाको घरभाडा नलिने घोषणा गरेकी छन् ।
उनको घरभाडाबाट मासिक ३० हजार आम्दानी हुने गरेको छ । विश्वभर कोरोनाले नागरिकको जनजीवन अस्तव्यस्त बनाएको बेला भाडामा बस्नेको जीवन पनि कष्टकर बनेकोले आफूले भाडावालासँग एक महिनाको घर भाडा नलिने निर्णय गरेको उनी बताउँछिन् ।
पेशाले स्वास्थ्यकर्मी आचार्यको उक्त निर्णयले उनको घरमा भाडामा बस्नेहरूलाई केही राहत महशुस भएको छ । यद्यपी कोरोना भाइरस महामारीका बेला पनि कतिपय घरधनीहरुले भाडा मागिरहेको, अनावश्यक कोरोना भाइरस जाँच गराउन लगाईरहेको बेला स्वस्फूर्त आचार्यले घरभाडा छुट दिएकी हुन् ।
उनले कोरोना कहरबाट बच्न र बचाउन आम नागरिक स्वास्थ्यकर्मीलाई आग्रह समेत गरेकी छन् ।