नेपालगन्ज: नेपालगन्ज चारबाहिनी चोकमा रहेको साथी कृष्णा कटेजकी सञ्चालिका बिना शर्मालाई आर्थिक सहयोग गरिएकोछ । लामो समयदेखि पाठेघरको ट्युमरले थला परेकी बिनाको उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।
कोरानाका कारण लामो समयदेखि कटेज बन्द रहेको र अहिले अचानक अप्रेशन गर्नुपर्ने भएपछि उनको उपचारका लागि आर्थिक संकलन शुरु गरिएकोछ ।
आर्थिक समस्यामा ट्युमरको शल्यक्रिया गर्नुपरेपछि आर्थिक संकलन शुरु गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघकी पूर्व उपमहाससचिव तारा रोकायले जानकारी दिइन ।
सफल महिला व्यवसायीका रुपमा परिचित बिना चिया बिक्रीदेखि कटेज सञ्चालनसम्म आउँदासम्म उनको संघर्ष सबैका लागि प्रेरणाको स्रोत बनेको थियो । तर, पछिल्लो समय उनको आर्थिक अवस्था खस्किदै गएको छ ।
यतिबेला उज्यालो लालिगुराँस गार्मेन्ट उद्योगका महिलाहरुले सहयोग गरिरहेका छन् । बिनाको उपचारका लागि हालसम्म संघकी पूर्व उपमहासचिव तारा खत्री रोकायाले ५१००, दीला शाह, आभा गौतम र कालिमियाँले २५/२५ सय, बसन्ता शर्माले २१००, पत्रकार अक्षरी पोखरेल, हिरादेवी खराल, दीपा बिनाडी र सत्यदेवि जोशीले १/१ हजार, अम्बिका सापकोटा, पुष्पा सुवेदी, गौरी पोखरेल, लक्ष्मी जोशी र निर्मला बम शाहीले ५/५ सय रुपैयाँ सहयोग गरेका छन् ।
यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघकी पूर्व उपमहाससचिव तारा रोकायको पुर्णतारा फाउण्डेसनबाट ६ हजार रुपैयाँ उपचारका लागि सहयोग गरिएको छ ।