नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० वडा समितिको कार्यालयले दुई दिने आधारभुत पत्रकारिता तथा उद्घोषण
तालिम सञ्चालन गरेको छ ।
वडाका बालक्लव र विद्यालयमा अध्यनरत किशोर किशोरीलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । ३५ जना सहभागी तालिममा सञ्चार, पत्रकारिताका विविध विधा, समाचार लेखन, उदघोषण कला आदि विषयमा प्रशिक्षक शुक्रऋषि चौलागाई र नवीन गीरिले सहजीकरण गरेका छन् ।
तालिमको उदघाटन गर्दै वडा अध्यक्ष विन्दुभुषण बस्नेतले पत्रकारिता र उदघोषण सिकाईले टोल टोलका सूचना, समाचार सार्वजनिक हुने मात्र नभई वडाको विकासमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष वस्नेतले बालक्लव र सञ्चारसँगको सहकार्यमा सचेतना र विकासका कार्यक्रम अगाडी बढाउने उद्घोष गरेका छन् ।
वडासदस्य नरबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य बसन्ता जोशी लगायतको सहभागीता रहेको थियो ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा