नेपालगन्ज : स्मार्ट मन्टेश्वरी स्कूल बनाउनको लागि नेपालगन्जमा शैक्षिक तथा आध्यात्मिक महोत्सव २०७५ बुधबारदेखि संचालन हुने भएको छ । ग्ल्याडसम किन्डर गार्टेन एकेडेमी नेपालगन्जको आयोजनामा बुधबारदेखि शुरू हुने शैक्षिक तथा आध्यात्मिक महोत्सव फागुन ८ गतेसम्म चल्ने छ ।
मन्टेश्वरी स्कूललाई नेपालगन्ज शहरकै पहिलो स्मार्ट स्कूल बनाउने उद्देश्यले स्कूलको भौतिक पुर्वाधार निर्माणका लागि सहयोगार्थ बागेश्वरी मन्दिर परिसरमा हुने श्रीमद् भागवत कथा एवं श्रीमद् भागवत गीता प्रवचन स्वसंमवेद ज्ञान महायज्ञ २०७५ को आयोजक गरिएको हो ।
नेपालगन्ज जाऔं, शैक्षिक तथा आध्यात्मिक महोत्सवमा रमाऔं भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिने उक्त मेलामा हरेक दिन विहान ७ बजेदेखि राती १० बजेसम्म प्रवचन हुने छ । प्रवचनमा भारत बृन्द्धाबनधामबाट पण्डीत ऋषीकेश पोख्रेलले नेपाली भाषामा र डां. स्वामी मस्त बाबा गुरूले नेपाली, हिन्दी र मारवाडी भाषामा प्रवचन दिने छन् ।
बुधबार विहान पहिलो दिन बागेश्वरी मन्दिर परिसरबाट कलश यात्रा गरी नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः बागेश्वरी मन्दिर स्थलमा पुगी महोत्सवको शुरूवात गरिने छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा