पोल ढल्दा गाँउ अन्धकार


पोल ढल्दा गाँउ अन्धकार

ट्रयाक्टरले भाँचेको बिजुलीको पोल ।

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाको पुरैना, पुरैनी तथा डुडवा गाँउपालिकाको बेतहनी बनकट्टी गाँउ यतिवेला अन्धकारमय भएकोछ । ट्रयाक्टर चालकको लापरबाहीका कारण उक्त गाँउ यतिवेला अन्धकार भएको हो ।

बुधबार दिउँसो करिब दुई बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनी स्थित नहरबाटोमा रहेको बिजुलीको पोल ट्रयाक्टरले ढालेपछि यतिवेला सो क्षेत्रका जनता बिजुली उपभोग गर्नबाट बञ्चित भएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का स्थानीय ट्रयाक्टर धनीको ट्रयाक्टरले ठक्कर दिएपछि बिजुलीको पोल ढलेको स्थानीय प्रत्येक्षदर्शीले बताए । घटना लगत्तै ट्रयाक्टर सहित चालक फरार भए । बिजुलीको पोल भाँचिएकोछ । भाँचिएको पोलसँगै विद्युतीय तार सडकमा झरेकोछ । बिजुलीको पोल ढलेको खबर नेपाल बिद्युत प्राधिकरण नेपालगन्जलाई स्थानीयले समयमै खबर गरेतापनि प्राधिकरणले लाईन सुचारु नगरेको स्थानीयले बताए ।

स्थानीयका अनुसार बिद्युत प्राधिकरणका कर्मचारी गाडी सहित आए, भाँचिएको पोलको तस्विर लिएर गए तर पोल मर्मत गरि लाईन सुचारु गर्नेमा कुनै चासो नदिँदा बिद्युत उपभोग गर्न नपाएको स्थानीय उद्योगी राजेश धनकुट्टाले सद्भावलाई जानकारी दिए । वसन्तपुर स्थित रामसुमिरन कपास उद्योगका सञ्चालक राजेश धनकुट्टाले भने बिद्युत पोल ढलेपछि उद्योगको काम रोकिएकोछ ।

बेलुकाको समय भएका कारण बालबालिकालाई अध्ययनमा समेत गर्न समस्या भएकोछ । खाना पकाउने समयमा पनि बत्ति नआएपछि सो क्षेत्रका बाँसिन्दा प्राधिकरणप्रति आक्रोसित बनेकाछन् । वसन्तपुरका धनसरा मल्लले लाईन कतिखेर आउँछ भनेर सोध्दा समेत स्पष्ट जवाफ नपाएको गुनासो गरिन् । भाँचिएको उक्त पोलको स्थानमा नयाँ पोल जडान गरि तार जडान गर्नुपर्ने भएकाले आज काम हुननसक्न हुदाँ भोली लाईन जडान हुने नेपाल विद्युत प्राधिकरण नेपागन्जले जनाएकोछ । (तस्विरः स्थानीय उद्योगी राजेश धनकुट्टाबाट)