भोली सार्वजनिक विदा


भोली सार्वजनिक विदा

नेपालगन्ज : प्रदेश पाँचमा प्रदेश सरकारले फाल्गुन ३ गते (आज) सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापनाको अवसरमा सरकारले उक्त विदा दिएको हो ।

प्रदेश सरकारका सामाजिक विकास तथा कानुन मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले स्थापना दिवसका अवसरमा सप्ताहब्यापी कार्यक्रम आयोजना गर्न सबै स्थानीय तहलाई आग्रह समेत गरेका छन ।

सामाजिक बिकास मन्त्रालयको आयोजनामा प्रदेशका विभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमहरुको आयोजना
गरिएको छ । बाँकेको नेपालगन्ज, दाङ र रुपन्देहीमा बिहीबार रक्तदान कार्यक्रम गरिएको छ ।