नेपालगन्ज : दाङ प्रहरीले अबैध रुपमा निषेधित औषधी (लागु औषध) बिक्रि वितरण गरेको आरोपमा मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । दाङको बबई गाउँपालिका–४, हापुरेमा रहेको प्रतिक्षा मेडिकलका संचालक कुसलराम केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मेडिकलमा निषेधित औषधी बिक्रि बितरण भईरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले १११ ट्यावलेट मनोद्धिप औषधी बरामद गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । विक्रि वितरणकालागि निषेध गरीएको औषधि फेला परेपछि मेडिकल सञ्चालकलाई थप अनुसन्धानकालागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबिच दाङकै दुधरास स्थित तुलसीपुर घोराही सडकखण्डमा लागु औषध ब्राउन सुगर बेचिरहेको अवस्थामा घोराही उपमहानगरपालीका ११ बस्ने कृष्ण विक पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरिक्षक चक्र बहादुर डमरपाल नेतृत्वको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार गरेको आरोपमा विकलाई पक्रउ गरेको हो ।
प्रहरीले विकको साथबाट ०.३४० मिलिग्राम लागु औषध ब्राउन सुगर र मनोद्धिप औषधीको ३० ट्यावलेट ट्रामाडोल बरामद गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।