संघ चुपचाप, अख्तियार र प्रशासन उदासिन
नेपालगन्ज : नेपालगन्जमा बहुउद्देश्यीय सभागृह निर्माणको हल्ला चलेको धेरै भयो । यसका लागि केही करोड रूपैयाँ पनि उठाईयो । तर, उक्त गृह निर्माणमा अहिले सम्म कुनै प्रक्रिया अघि बढेको छैन् । यद्दपी सभागृहका लागि उठेको करोडौंको रकम समेत कहाँ, कसरी,कुन अवस्थामा छ कसैलाई थाहा छैन् ।
सभागृह निर्माणको ठेकेदार निकाय नेपालगन्ज उद्योग बाणिज्य संघ बर्षेनी यसैलाई भजाउँदै रकम असुल्दै आएको छ । सभागृहको निहुँमा बर्षेनी गरिएका मेला महोत्सवबाट उठेको रकमको अहिले पनि हरहिसाब लेखाजोखा छैन् । हरहिसाब माग्दा संघ र संघका अध्यक्ष नन्दलाल बैश्य या वा त्यो वहाना बनाउँदै आलटाल गर्दै आएका छन् । यतिसम्मकी सभागृहका नाममा उठेको रकमको बारे सोध्दा संघका पदाधिकारी मुन्टो बटारेर सूचना लुकाउँने कर्ममा सक्रिय देखिदै आएका छन् ।
वाणिज्य संघले गत वर्ष सञ्चालन गरेको महोत्सवको आयव्यय अहिले पनि सार्वजनिक गरेको छैन् । तर, अहिले बर्षपनि संघले सभागृहकै निहुँमा फेरि महोत्सव सञ्चालन गर्ने आँट गरिरहेको छ । बहुउद्देश्यीय सभागृह बनाउने भन्दै हरेक बर्ष मेलाको आयोजना गर्दै आएको संघले यस अघि उठेको रकम दुरूपयोग गरेको संघ आबद्ध व्यवसायीले नै आशंका गरिरहेका छन् ।
संघले सभागृहको नाममा उठाएको रकम भ्रष्टाचार गरेको छ एक व्यवसायीले भने ‘गत बर्षको रकमको लेखाजोेखा नगरी फेरि त्यहि निहुँमा मेला महोत्सव लगाउँन हुँदैन् ।’ संघले हरेक बर्ष यसरी मेला, महोत्सव गरेर करोडौंको रकम उठाई हिनामिना गरेको चौतर्फी आशंका भईरहदाँ नियमनकारी निकाय जिल्ला प्रशासन र अख्तियार दुरूपयोग अनुसन्धान आयोग भने उदासिन छन् । यी निकायको अहिले पनि त्यसतर्फ ध्यान जान सकेको छैन् ।
सभागृहका नाममा संकलित रकम मात्रै नभई महोत्सव प्रयोजनका लागि समितिले गरेको खर्च समेत अपारदर्शी देखिएको छ । सभागृह निर्माणमा सहयोग स्वरूप आम नागरिकले प्रदान गरेको चन्दा समेत हिनामिना गर्ने काममा संघको वर्तमान नेतृत्व सक्रिय देखिएको व्यवसायी बताउँछन् ।
‘एक बर्षअघि भएको महोत्सवको आयव्यय सार्वजनिक गरिएको छैन,’ नेपालगन्जका एक व्यवसायीले भने, ‘सभागृह भन्दै हरेक बर्ष मेला लगाउने र कमाउने धन्दा भइरहेको छ ।’नेपालगन्जका उद्योगी व्यवसायी संघको नेतृत्वप्रति सन्तुष्ट देखिएका छैनन् । ‘उद्योग वाणिज्य संघको नेतृत्वप्रति प्रायोजक तथा सहयोगी असन्तुष्ट बनेका छन,’ नाम नबताउने शर्तमा एक व्यवसायीले भने, ‘सभागृहलाई भजाएर अहिले पनि संघले महोत्सव आयोजना गरेको छ । तर, सभागृह बन्ने सम्भावना देखिँदैन ।’
विगतको आयव्यय सार्वजनिक नगरी अकोृ मेला लगाउँने संघको निर्णयप्रति संघमै आबद्ध वर्तमान समितिका केही पदाधिकारीसमेत आक्रोशित भईरहेका छन् । संघले त्यहि सभागृहको नाममा फेरि फागुन १६ गतेदेखि प्रदेशस्तरीय अर्को महोत्सव सञ्चालन गर्दै छ । सभागृह निर्माण गर्न एक अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । सभागृहकै नाममा करिब पाँच वटा महोत्सव सम्पन्न भइसकेका छन् । काँरकादोस्थित सडक डिभिजन कार्यालय परिसरमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय सभागृह निर्माणको काम भने अहिलेसम्म टुंगो लागेको छैन ।
संघका अध्यक्ष नन्दलाल वैश्यले यसअघि सभागृहको नाममा उठेको करिब तीन करोड मौज्दात रहेको बताएका छन् । तर, उनले बैंकको खातामा उक्त रकम राखिएको बिलमौचर लगायतका कुनैपनि कागजी प्रमाण भने दिन सकेका छैनन् । खर्च पनि सार्वजनिक गर्न चासो देखाएका छैनन् । उनले विगत बर्षमा मेला, महोत्सव लगाउँदाभएको खर्च र आम्दानीको एकिन विवरण नभएको भन्दै हरहिसाब सार्वजनिक गर्न नसकिएको बताउँदै आएका छन् ।
यो उनको लाचारीपन हो । यसले सभागृह निर्माणको क्षेत्रमा देखिने गरी कुनै पनि काम हुन सकेको छैन । ‘हरेक वर्ष बहुउद्देश्यीय सभागहको नाममा मेला लगाउने र आयव्यय सार्वजनिक नगर्ने वर्तमान कार्य समितिमै मत बाझिँएको प्रष्ट देखिएको छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा