नेपालगन्ज : हिमालपारीको जिल्ला मुस्ताङमा बुधबारदेखी नयाँ शैक्षिक शत्र सुरु भएकोछ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३ विद्यालयमा बुधबारदेखि नयाँ शैक्षिक शत्र सुरु गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाइले जानकारी दिए ।
जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती शत्र चलाउने गरिएको छ । बारागुङ मुक्ति क्षेत्र गाउँपालिका अन्तर्गतका दुई विद्यालयमा भने घुम्ती विद्याललय सञ्चालनमा छ । यसक्षेत्रमा जाडोका कारण हरेक वर्ष पुष र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ । फागुनदेखि नयाँ शैक्षिक शत्र प्रारम्भ हुन्छ ।
लो घ्याकर दामोदरकुन्ड गाउँपालिकाका नौ विद्यालय र लोमान्थाङ गाउँपालिकाका १० विद्यालयमा पुषदेखि घुम्ती शत्र सञ्चलनमा आएकोछ । चिसोका कारण पठनपाठन सञ्चालन गर्न समस्या भएपछि घुम्ती शत्र सञ्चालन गरिएको हो । जाडो छल्न पोखरा, काठमाडौँ, चितवन, बुटवल तथा भारततर्फ गएका मुस्ताङबासी फागुन लागेपछि घर फर्कने गर्छन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा