नेल्टाद्वारा माबि शिक्षकहरुलाई तालिम


नेल्टाद्वारा माबि शिक्षकहरुलाई तालिम

नेपालगन्ज : नेल्टा बाँकेको सहजिकरण र प्याब्सन नगरको समन्वयमा २५ बढी विभिन्न माबि बिद्यालयका शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ ।
सो तालिम शिक्षा तालिम केन्द्र भैरहवाको आयोजनामा आजबाट सुरु गरिएको छ । नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काको प्रमुख आतिथित्यतामा सुरु भएको उक्त तालिममा नेपालगन्ज नगर प्याब्सनका अध्यक्ष बिकास बज्राचार्य, मोर्डन पब्लिक स्कुलका प्राचार्य खड्ग बहादुर बोहरा, प्याब्सन नेपालगन्जका सचिव मानबहादुर थापा, नेल्टा बाँकेका उपाध्यक्ष तर्क खत्री र सचिव कमल घर्ती एवं नेल्टाका सन्जिब सिङ्नलले स्वागत मन्तव्य राखेका थिए ।

अतिथी खड्गबहादुर बोहराले आयोजित तालिमको चर्चा गर्दै यस्ता तालिमले शिक्षकलाई समयसापेक्ष बनाउनेमा सहयोग पु¥याउने बताए । उनले तालिम निकै जरुरी भएको र तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो विद्यालयमा लागू गर्न सुझाव सहित शुभकामना दिए ।

प्रमुख अतिथी प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यले तालिमका बारेमा प्रष्ट पार्दै नगर प्याब्सनले नगरमा विभिन्न उपलब्धिमुलक कार्यक्रम गर्दै आएको बताए । उनले तालिम सम्पन्न गर्नका लागि गरेको सहकार्य बारेमा प्रष्टाएका थिए । तालिमले शिक्षकहरुलाई मात्र नभइ विद्यालयलाई नै फाईदा हुने हुदाँ यसको उपयोगी तालिम भएको उनले बताए । सो औपचारिक कार्यक्रमको संचालन नेल्टाका सहसचिव हेमन्त राज काफ्लेले गरेको नेल्टाका सचिव कमल घर्तीले जानकारी दिए ।