होपमा फुड फेस्टिवल तथा विज्ञान प्रर्दशनी


होपमा फुड फेस्टिवल तथा विज्ञान प्रर्दशनी

नेपालन्ज : नेपालगन्जमा गुणस्तरीय, अनुशासित र मर्यादित शिक्षामा जोड दिदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको होप इन्टरनेशनल एकेडेमीले शनिबार फुड फेस्टिवल तथा विज्ञान प्रर्दशनी गरेको छ । उक्त कार्यक्रम संचालन समितिका अध्यक्ष सुरेशकुमार गौतमको अध्यक्षता भएको थियो ।

सो कार्यक्रम विद्यालयकी प्रिन्सिपल केशवा रेग्मीले सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक शिक्षिका तथा विद्यार्थीलाई स्वागत गरिन् । विद्यार्थीहरुले प्रदर्शनी गरेका विज्ञानका एक्सपेरिमेन्ट साम्रागीहरु तथा विद्यार्थीहरुले बनाएका विभिन्न परिकारको व्यवहारिक तथा सृजनात्मक कलालाई कदर गर्दै उनीहरुको भविष्य उज्जल बनाउन सकिने योजनाको बारेमा उनले बताएकी छन् । विद्यालय संचालक समितिका अध्यक्ष सुरेशकुमार गौतमले विद्यार्थीले गरेका क्रियाकलापहरु प्रशंसा गर्दै यस्ता खालका अभ्यासले विद्यार्थीहरुको सृजनात्मक कार्यका लागि थप बल पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वातावरण तथा बाल अधिकार संरक्षण केन्द्रका अध्यक्ष तेजविक्रम शाहले विद्यालयका भाइबहिनीहरुले खानाका परिकारहरु प्रशंसा गर्दै आङ्खनो दैनिकी जिवनमा पनि यसको महत्वपूर्ण भूमिका रहने कुरा व्यक्त गरे । अभिभावक तथा पूर्व प्रध्यानाध्यापक छत्र बहादुर बिष्टले आफूले स्कुल संचालन गर्दाको वखतको अनुभव शेयर गरे ।

कार्यक्रमा कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले खानाका विभिन्न परिकारहरु बनाएर अभिभावक, अतिथि , शिक्षक तथा साथी भाइबहिनीहरुलाई स्वादिला परिकारहरु खुवाएका थिए । कक्षा ३, ४, ५,१० का विद्यार्थीहरुले साइन्सका विभिन्न सामाग्रीहरु बनाएर प्रदशन गरेका थिए । साथै कक्षा ६, ८, ९ विद्यार्थीहरुले नित्य पनि प्रस्तुत गरेका थिए ।