File Photo
नेपालगन्ज : समुदायमा कोरोना फैलिएपछि बाँकेको जानकी गाउँपालिकाका सम्पूर्ण सेवाहरु बन्द गरिएकोछ । कोरोना भाइरस रोकथाम तथा संक्रमण नियन्त्रणका लागि गाउँपालिकाले आज –आईतबार) रातीदेखि भदौ ५ गतेसम्मा लागि सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेकोहो ।
साउन ३२ गते आईतबार रातीदेखि भाद्र ५ गते राती १२ बजेसम्म सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।
गाउँपालिकाका कार्यवहाक अध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अत्यावश्यकीय सेवा बाहेक गाउँपालिका कार्यालय, गाउँपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघ संस्था, होटल ब्यवसाय, शैक्षिक संस्था, विद्यालय, हाटबजार सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
यसअघि कोरोनाको संक्रमण बढेको भन्दै कोहलपुर नगरपालिकाले पनि आईतबारदेखि सम्पुर्ण सेवाहरु बन्द गरेको छ । तर, चाडबाडको मुखमा कोहलपुर नगरपालिकाले सर्वपक्षिय छलफल नै नगरि कोहलपुर बन्द गर्ने निर्णयका विरुद्ध कोहलपुर उद्योग वाणिज्य संघ उत्रिएकोछ ।
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा