काठमाडौँ :संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समायोजन महाशाखाले सचिव, सहसचिव, उपसचिवको समायोजन सकिएको जनाएको छ । तर, अहिले अधिकृतको समायोजनको काम जारी रहेको महाशाखाले जनाएको छ ।
यसरी समायोजनमा पर्ने सात हजार तीन सय ४१ कर्मचारीहरु रहेका छन् । समायोजन गरिएका सात हजार तीन सय ४१ कर्मचारीहरुमध्ये संघमा समायोजन भएकाहरुको संख्या पाँच हजार छ सय ९१ छ । नौ सय ७ जनाको प्रदेशमा र सात सय ४३ जना स्थानीय तहमा समायोजन भएका छन् ।
५७ सचिव सबैको संघमा समायोजन गरिएको छ । छ सय ७६ सहसचिवमध्ये संघमा पाँच सय ७४ र प्रदेशमा एक सय २ जना समायोजन भएका छन् । स्थानीय तहमा भने सहसचिवको दरबन्दी छैन । दुई हजार ६ जना उपसचिव समायोजन भएकामध्ये संघमा एक हजार पाँच सय ३१, प्रदेशमा दुई सय ३७ र स्थानीय तहमा दुई सय ३८ जना समायोजन भएको महाशाखाले जनाएको छ । यसैगरी अधिकृततर्फ प्रशासन समूहका दुई हजार तीन सय ४१ जना संघमा, तीन सय ७१ जना प्रदेशमा र एक सय ७८ जना स्थानीय तहमा समायोजन भएका छन् ।
यस्तै, लेखा समूहका छ सय १० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमाभन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् भने स्थानीय तहमा तीन सय २७ र प्रदेशमा एक सय ९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको छ ।
राजश्वतर्फ पाँच सय ८० अधिकृतमध्ये प्रदेशमा २ जना मात्र समायोजन भएका छन् । बाँकी सबै पाँच सय ७८ जना लेखा अधिकृत संघमै छन् ।
अधिकृततर्फ प्रशासन, लेखा र राजश्व समूहको समायोजन सकिएको छ । अब अधिकृतका अन्य समूहसँगै लेखापाल, सहलेखापाल, नायब सुब्बा र खरदारको समायोजनको काम पनि सुरु गर्ने तयारी छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा