पुनमलाई मेयर राणाको सहयोग


पुनमलाई मेयर राणाको सहयोग

नेपालगन्ज : आर्थिक अभावका कारण रोग पालेर घरमै बसिरहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर सातका पुनम नेपालीलाई उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले सहयोग प्रदान गरेका छन् ।

उपमहानगर प्रमुख राणाले सोमबार आफनो एक महिनाको तलव-भत्ता बरावरको ५० हजार सहयोग रूपैयाँ उपचारका लागि सहयोग प्रदान गरेको उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईले जानकारी दिए । नगर प्रमुख राणाले वादी समुदायमा कार्यरत संस्था कमीट नेपालमार्फत उक्त रकमको चेक पुनमलाई प्रदान गरेका हुन् ।

प्लाष्टिक एनिमियाका कारण पुनमको दुई महिनादेखि बोन म्यारोमा समस्या देखिएको छ । उपचारमार्फत पूर्ण निको हुन करिव १० लाख खर्च लाग्ने चिकित्सकले बताएका छन् । आर्थिक समस्या भएकै कारण पुनको दुई महिनादेखि उपचार हुन सकेको थिएन् उनका श्रीमान् सुरेश वादीले भने ‘नगर प्रमुखको यो सहयोगले पुनको उपचारका धेरै सहयोग गर्नेछ ।’

डाक्टर राणाले आफनो तलव मानवीय सेवामा लगाएर जनप्रतिनीधीप्रतिको गलत धारणा परिवर्तन होस्, समाजमा सकरात्मक सन्देश जाओस् भन्ने ध्येय रहेको बताए । पुनमको उपचारमा सहयोग गर्न सबैमा अपील समेत उनले गरेका छन् ।