गिजरा(बाँके) : ‘पहिलेका ठूलाठूला खेतीयोग्य फाँट सकिन लागेका छन, ठूला खेतका फाँट अब देख्न पाउनुहुन्न’, खजुरा गाउँपालिका–६ पुरैना गाउँमा भेटिएका स्थानीय राजेन्द्र सापकोटाले भने । साविकका गाविस क्षेत्रलाई गाउँपालिकामा समेटिएसँगै खजुरा गाउँपालिकाका वडासहित बाँकेका कतिपय क्षेत्रका उर्वरभूमि घडेरीमा बिक्री हुने क्रम बढ्न थालेको छ ।
सरकारले अंशबण्डाको काम बाहेकको जग्गाको कित्ताकाट गर्न केही समय रोकेको अवस्थामा केही हदसम्म कित्ताकाटमा कमी आएपनि जग्गाको खरीद बिक्री भने रोकिएको छैन । पहाडबाट तराईमा बसाइँसराइ गर्नेको चाप वर्षेनी बढ्दै गएको छ । अन्यत्र झै बाँकेको खजुरामा पनि अन्यत्र बाट बसाई सरेर आउनेहरूको संख्या बढ्दै गएको उनी बताउँछन् ।
खेतीयोग्य जग्गामा घर संरचना बनाउने क्रम बढेको छ । ‘शहरी क्षेत्रमा संरचना निर्माण हुने क्रम बढ्नु स्वभाविक नै हो’, उनले भने, ‘गाउँपालिकामा मात्रै समेटिएका ग्रामीण क्षेत्रमा घर संरचना निर्माण हुने क्रम ह्वात्तै बढ्दा खेतीयोग्य जग्गा पनि मासिने क्रम बढेको देखिन्छ ।’ बाँकेको साविक सितापुर, उढरापुर, सोनपुर, रनियापुर, बागेश्वरी, राधापुर लगायतका गाविस समेटिएर खजुरा गाउँपालिकाका बनाईएको हो ।
नेपालगन्ज–गुलरिया राजमार्ग आसपासमा रहेको सो क्षेत्रमा वर्षेनी बसाइँसराइको चाप बढ्दो छ । पश्चिम नेपालमै क्यान्सर अस्पताल खजुरा गाउँपालिका क्षेत्रमा स्थापना गरिएपछि यहाँको मूल्य झनै बढेको स्थानीय बताउँछन् ।
पुर्व पश्चिम राजमार्ग र हुलाकी मार्गले पनि खजुरा जोडिर्दै जाने चर्चा चलेसँगै यहाँ जग्गा खरीद बिक्री बढेको राधापुरका कविता विक बताउँछिन् । नेपालगन्ज–गुलरिया राजमाग तथा अन्य सहायक राजमार्ग आसपासका क्षेत्रका ग्रामीण बस्तीमा बसाइँसराइको चाप बढेको छ । यस क्षेत्रमा पछिल्लो समय जग्गाको मूल्य समेत आकासिएको उनी बताउँछिन् । ‘गाविस कायम रहेको अवस्थामा जग्गाको मूल्य प्रतिका पाँच लाख थियो, अहिले तीस लाखसम्म पर्छ, स्थानीयबासी राजकुमार श्रष्ठले भने, ‘खेतीयोग्य जग्गा सकिन लागेपनि बसोबासका लागि जग्गा खोजी गर्नेको संख्यामा कमी छैन ।’ अहिले गाउँका विभिन्न क्षेत्रमा रहेको खेतियोग्य जमिन प्लटिङ गर्ने , खण्डहर गर्ने र बिक्रि वितरण गर्ने गरिएको छ ।
यसरी प्लटिङ् भएका जग्गमा अहिले अग्ला अग्ला घर निर्माण भईसकेका छन् ।
उत्पादन गर्ने खेतमा घर बन्न थालेपछि खजुराको खेतीयोग्य जमिनमा विस्तारै ह्रास आउन थालेका गाउँपालिका वडा नंम्बर एकका अध्यक्ष सुमन मल्ल बताउँछन् । गाउँपालिकाका प्राविधिक शाखाका कर्मचारी प्रकाश सिजापति कार्यालयमा नक्सा दर्ता र पास गराई प्रक्रिया पूरा गरेर घर संरचना निर्माण गर्नेको संख्या त्यति धेरै नभए पनि नक्सा पास नगराई घर निर्माण गर्नेको संख्या बढी नै भएको बताउँछन् । खेत घडेरीमा परिणत हुँदा खाद्यान्न संकट निम्तिने खतरा देखिएको गाउँपालिका अध्यक्ष किस्मत कक्षपति बताउँछन् ।
उनले यहाँको खेतियोग्य जमिन संरक्षणका लागि गाउँपालिकाले गुरूयोजना नै निर्माण गरी अघि बढ्ने योजना बनाएकोे बताए । खेतियोग्य जमिन बचाउँनका लागि समयमै बसाइँसराइको चाप रोक्न ठोस् योजना आवश्यक रहेको उनी बताउँछन् । खजुरा क्षेत्रमा यसरी जग्गा खरिद बिक्रिका साथै घर निर्माण तीब्र भएपनि गाउँपालिका क्षेत्रमा कति खेतीयोग्य जमिन घडेरीमा परिणत भयो । यसको एकिन विवरण उँपालिकासँग छैन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा