सोम गुरुङ्ग
कोहलपुर :देश संघीय संरचनामा आएसगैं योजना छनोटमा नागरिक सहभागिता न्यून भएको पाइएकोछ । यसअघि योजना छनोटमा नागरिक समाजको ७५ प्रतिशत बढि रहदै आएकोमा संघीय संरचनामा देश आएसगैं घटेर ९ प्रतिशतमा आएको हालै स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत गरिएको एक अध्ययनले देखाएकोछ ।
कोहलपुरमा सोमबार भएको अध्ययनका परिमाण तथा सिफारिश सार्वजनिकीकरण कार्यक्रममा सार्वजनिक गरिएको स्थिति विश्लेषण सम्बन्धि आधार रेखा अध्यावधिक अध्ययन २०१९ ले उक्त कुरा दर्साएको हो । संघीयता लागुु हुनु अघि योजना छनोट प्रक्रियामा ७५ प्रतिशत नागरिक समाजको सहभागिता रहेको अध्ययनले देखाएको हो । यस्तै अर्को तथ्य वहिर्गमित अभिमतका अनुुसार जम्मा ३५ प्रतिशत सेवाग्राही निशुल्क औषधीको बारेमा जानकारी पाएकाछन् । त्यसै गरि राजनीतिक आर्थिक विश्लेषण र मामला अध्ययनले स्थानीय सरकार जनताप्रति जवाफदेहि कम रहेको देखाएको थियो ।
देशका सात प्रदेशका ११ जिल्लाका १२ वटा स्थानीय सरकारको तहमा दस्तावेजको पुनरावलोकन, एक सय ४८ जना मूख्य ब्यक्तिहरुसंग अन्तर्वाता गरिएको थियो । भने ११ वटा समूह केन्द्रित छलफल र प्रत्यक्ष अवलोकनका माध्यवमबाट सूचना तथा जानकारी लिइ विश्लेषण गरिएको प्याक्टका प्राविधिक सल्लाहकार दुर्लभ बोगटीले बताए । जसका लागि निर्वाचित जनप्रतिनिधी, विषयगत सरोकारवाला, गैसस, सन्चार माध्यमका प्रतिनिधि, स्वास्थ्य संस्था, आमा समूह, स्वयंसेविका, उपभोक्ता समितिका पदाधिकारी लगायत सुशासन अभियानकर्ताहरुसंग छलफल गरिएको सहजकर्ता समेत रहेका यूवा दृष्टि नेपालका अध्यक्ष युवराज पोखरेलले जानकारी दिए ।
सोमबार कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावतको अध्यक्षतमा भएको सो कार्यक्रममा बोल्दै मेयर रावतले जननिवार्चितहरु नयाँ कानूनका विषयमा अनभिज्ञ रहकोले नागरिक समाज संस्थाहरुले स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि सरकारलाई जवाफदेही तथा उत्तरदायी बनाउनुु पर्नेमा जोड दिए । उनले स्थानीय सरकाले गरेका क्रियाकलापहरुको सुक्ष्म तरिकाले अनुुगमन गर्न आम नागरिकलाई आह्वान गरे ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका उपमेयर सन्जुकुमारी चौधरीले जवाफदेहिता हरेक क्षेत्रमा आवश्यक्ता भएकाले नगरपालिका सोही अनुरुप अघि बढेको बताए । उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत प्रेम देवकोटा, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रेम बहादुर केसी, बासका अध्यक्ष मन भण्डारीले सामाजिक जवाफदेहिताका विषयमा आफ्नो राय ब्यक्त गरेका थिए ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा