शेमरकले मनायो तेस्रो बार्षिक उत्सब


शेमरकले मनायो तेस्रो बार्षिक उत्सब

नेपालगन्ज : नेपालगन्ज स्थित शेमरक किड्स किङ्डमले आफ्नो तेस्रो वार्षिक उत्सब मनाएको छ । नेपालगन्ज एजुकेशनल फाउण्डेशनका अध्यक्ष अच्युत प्रसाईंको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा मङ्गलबार तस्रो वार्षिक उत्सव सम्पन्न भएको हो ।

वार्षिक उत्सवमा विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्फुटन गरेका थिए । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसर बाँकी नराख्न जोड दिए ।

उनले पछिल्लो सयम शिक्षाप्रति अभिभावकहरु सचेत, सजग र जागरुक भइरहेको भन्दै निजी विद्यालयहरु पनि अभिभावकप्रति उत्तरदायी र पारदर्शी हुनुपर्ने बताए । उनले सिकाई स्तर र पठनपाठनको अवस्था हेरेर मात्र आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्न सुझाब दिए ।
विद्यालयका प्रमुख कार्यकारी निर्देशक डा.राजकुमार सुवेदीले शेमरकलाई उत्कृष्ट मन्टेश्वरी विद्यालयका रुपमा स्थापित गर्न आफूहरु दृढ संकल्पत लिएको बताए । उनले विद्यालयले चौथो बार्षिक उत्सब मनाउँदै गर्दा आफ्नै भौतिक सुविधा सम्पन्न भवन र मन्टेश्वरी विद्यालयका लागि चाहिने सम्पूर्ण पूर्वाधार विकास गर्ने उद्घोष गरे ।

विद्यालयकी प्रधानाध्यापक प्रकृति पाण्डेले सहजिकरण गरेको सो वार्षिक उत्सव कार्यक्रममा प्राध्यापक मोहनजंग शाह, रेडियो सद्भावका स्टेशन म्यानेजर नवीन गिरी, अभिभावकहरु डा.कुमारसन शाह, डा.पंकज कुमार गुप्ता, केशब न्यौपाने र सुस्मिता शर्मा लगायतले वार्षिक उत्सवमा शुभकामना दिएका थिए ।