पत्रकार बानियांको परिवारलाई इन्जाको सहयोग


पत्रकार बानियांको परिवारलाई इन्जाको सहयोग

काठमाडौ : नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय सञ्जाल, इन्जाले गत महिना रहस्यमय मृत्यु भएका पत्रकार बलाराम बानियाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

इन्जा एशियाका अध्यक्ष एबं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त, इन्जा ग्लोबलका सचिव दीपक रिजाल, इन्जा एशियाका सचिव दीपु पोख्रेल र इह्रिकनका अध्यक्ष मीना शर्माले बानियाको घरमा पुगेर छोरी सुस्मिता बानियालाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकाछन् ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा इन्जा एशियाका अध्यक्ष पन्तले पत्रकार बानिया लामो समयदेखि पत्रकारितामा क्रियाशील हुंदा हुदै रहष्यमय मृत्यु भएकोले त्यसबारे छानबिन गरी परिवारलाई सन्तुष्ठ बनाएमा बानियाप्रति बास्तविक श्रद्धाञ्जली हुने बताए ।

अध्यक्ष पन्तले इन्जा ग्लोबलका गुणराज लुइँटेल, बरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, उपाध्यक्ष किशोर सापकोटा, बिष्णु शितल लगायत सिँगो इन्जा परिवारप्रति आभार ब्यक्त गर्देै बानियाको परिवारको न्यायका लागि आफुहरुले पनि थप पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले बानियाको रहस्मय मृत्युका संबन्धमा राज्यले पनि गंभीर रुपमा लिनुपर्ने बताए ।

सचिव दीपक रिजालले पत्रकार बानियांको परिवारलाई परेको पीडा प्रति आफुहरु गंभीर रहेको भन्दै मृतक बानियाको मृत्यु के कसरी भएको भन्ने बारेमा राज्यले समयमै ध्यान दिनुपर्ने उल्लेख गरे ।

Kids Festival 2022
kanti aarogya hospital

इन्जा एशियाका सचिव दीपु पोख्रेलले पत्रकार बानियाको निधनले आफुहरुलाई पनि स्तब्ध बनाएको भन्दै मृतकका परिवारले न्याय पाउनुपर्ने बताए ।

पत्रकार बानियाकी छोरी सुस्मिता बानियाले आफ्नो बाबा बलराम बानियांको सहज मृत्यु नभएको भन्दै सरकारले ईमान्दारिपूर्बक छानबिन गर्नुपर्ने धाराना राखिन् । उनले बाबा बानियाको हत्या नै भएको कुरा अघिल्लो दिनदेखिका घटनाक्रमहरुले प्रष्ट पारेको छ तर, राज्यका निकाय र स्वयं पत्रकारहरुले गंभीर रुपमा लिएको जस्तो लागेको छैन बताइन् ।

उनले पत्रकार जो कसैका लागि यस्तो घटना पर्न सक्छ तर, पत्रकारहरुले किन आवाज उठाउनुभएको छैन भनी प्रश्न समेत राखिन् । उनले क्रिया गरेर फर्केपछि जे गर्नुपर्छ गरौला भनी पत्रकार महासंघ लगायत अन्यले पनि भन्नुभएको थियो । तर, आफुहरु काज क्रिया गरेर काठमाडौ फर्केपछि बेवास्ता गरेको अनुभुति आफुहरुलाई लागेको गुनासो पोखिन् ।

पत्रकार बानियाका दाजु एबं तनहुँ ब्यास नगरपालिकाका– १३ का वडाध्यक्ष रामबहादुर बानियाले आफ्नो भाइको मृत्यु सहज हुदै नभएको र रहस्यमय ढंगले हत्या भएको भन्दै प्रहरीले ईमान्दारितापुर्बक छानबिन गर्नुपर्छ बताए ।