क्षतिअनुरुप राहत पाउँदैनन् पीडित


क्षतिअनुरुप राहत पाउँदैनन् पीडित

नेपालगन्ज : वन्यजन्तुले क्षति पु¥याएका परिवारलाई बाँके राष्ट्रिय निकुञ्जले राहत वितरण गरेको छ । निवेदन दिएकामध्ये अधिकाशंले राहत प्राप्त गरिसकेको निकुञ्जका सूचना अधिकारी बिष्णुप्रसाद थपलिया बताउँछन् ।

उनका अनुसार निकुञ्जले चालु आर्थिक बर्षको पुुस मसान्तसम्म १६ लाख १० हजार तीन सय ५० रूपैयाँ राहत विरण गरेको छ । निकुञ्जबाट यो अवधीमा एक सय ९५ पीडितलाई राहत वितरण गरिएको छ । उनकाअनुसार निकुञ्जले यसअघिका ३६ जनालाई गरी यो चालु आर्थिक वर्षको अहिलेसम्म २ सय ३१ जनालाई राहत प्रदान गरेको छ । गएको वर्ष आर्थिक अभावका कारण सबैलाई राहत दिन नसकिएकोले गत बर्ष बाँकी
रहेका ३६ जनालार्य पनि यस अवधीमा राहत प्रदान गरिएको उनले बताए । अहिले पनि राहतका लागि निकुञ्जमा पीडितको निवेदन आउने क्रम चलिरहेको छ ।

निवेदन दर्ता भएपछि निकुञ्जमा गठित मुल्याङ्कन समितिको सिफारिसका आधारमा पीडितलाई राहत प्रदान गरिने भएको उनले बताए । उनकाअनुसार यो अवधीमा चार जना बदेलको आक्रमणबाट घाईतेका भएका छन् । घरपालुवा जनावरलाई चितुवाले मारेको र हात्तीले अन्नवाली खाएको लगायतका निवेदन आएका छन । उनले भने ‘सबैभन्दा धेरै किरब ७० प्रतिशत निवेदन अन्नवालीमा क्षति पु¥याएको सम्बन्धी छन् ।
सरकराले अहिले निुकञ्जमा राहत वितरणका लागि एक करोड ७० लाख बजेट पठाएको छ । उनले भने ‘ उक्त बजेट निकुञ्जका साथै प्रदेशका १९ वटा जिल्लामा रहेका डिभिजन वन कार्यालयका लागि पनि हो । यसैअनुसार अहिलेसम्म निकुञ्जले अर्घाखाँची जिल्ला डिभिजन वन कार्यालयलाई २० लाख रूपैयाँ प्रदान गरिसकेको उनी बताउँछन् ।

कतिपय पीडितले मूल्य र उपचारमा खर्च भएको रकम अनुसारको क्षतिपूर्ति नपाएको बताएका छन् । थोरै रकम भएपनि यसलाई क्षतिपूर्तिका रूपमा नभई निकुञ्जले राहत स्वरूप राहत दिएको सम्झेर पीडितलाई दिने गरिएको निकुञ्जका सूचना अधिकारी थपलिया बताउँछन् ।
वन्यजन्तुले क्षति गर्न थालेपछि पीडितले खेती गर्ने तथा पशुपालन गर्ने कार्य कम हुन थालेको छ । जंगली जनावरले क्षति ग¥यो भन्दैमा आफ्नो पेसा नै छाड्न नहुने उनको भनाइ थियो ।

धेरैजसो जंगली बँदेलले बालीमा क्षति पु¥याएको निवेदन आएका छन थपलियाले भने ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार राहत वितरण गरिएको छ ।’ वन्यजन्तुले क्षति गरे अनुसार क्षतिपूर्ति दिन सकिँदैन उनले
भने–‘सहयोग स्वरूप राहत दिएका हौं ।’
मानव र वन्यजन्तुबीच हुने द्वन्द्वका कारण संरक्षणमा चुनौती सिर्जना हुने निकुञ्जका सूचना अधिकारी थपलिया बताउँछन् । ‘निकुञ्जमा मानव वन्यजन्तुबीच द्वन्द्व हुने गरेको नागरिक अभियान्ता कृष्ण चौधरी बताउँछन् । उनले भने, ‘पीडितलाई थोरै भए पनि राहत दिँदा
संरक्षणमा उनीहरूले भूमिका निर्वाह गर्छन् ।’  कार्यालयबाटै राहत वितरण गर्न पाउँदा खुसी लागेको बताउँदै चौधरीले भने ‘पहिले राहत रकम लिन विभागमै जानुपथ्यो, अहिले कार्यालयबाटै रकम दिने व्यवस्था भएपछि सहज भएको छ ।’

२०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको थपलिया बताउँछन् । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बँदेल, ध्वाँसे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरे राहत पाउने निर्देशिकामा व्यवस्था छ । कोहलपुर मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सावित्रा पुन झन्झटिलो प्रक्रियाका कारण किसानले राहत पाउन मुस्किल भएको बताउँछिन् । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यस्थापन समिति अध्यक्ष गेहेन्द्र खड्काले वन्यजन्तुबाट घरपालुवा जनावर क्षति भएमा राहत पाउनै दुईदेखि चार महिनासम्म प्रक्रिया पु¥याउने लाग्ने बताउँछन् ।