नेपालगन्जका दुई स्थानमा ‘फुड बैंक’ सञ्चालन


नेपालगन्जका दुई स्थानमा ‘फुड बैंक’ सञ्चालन

नेपालगन्ज : नेपालगन्जका दुई स्थानमा फुड बैंक सञ्चालनमा आएको छ । नेपालगन्जको कारकादोँ चोक र अस्पताल रोड गरि दुइ स्थानमा उक्त फुड बैंक सञ्चालनमा ल्याइएको हो ।

फुड बैंक सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बुधबार फुड बैंकको औपचारिक उद्घाटन गरेका हुन् ।

कोरोना भाईरसका कारण लक डाउन बढ्दै जाँदा रोजगारी, मजदूरी गुमाएर खानाको समेत जोहो नभएका व्यक्तिहरुलाई लक्षित गरि फुड बैंक स्थापना गरिएको हो ।

सोक्रममा बोल्दै नेपालगन्जका मेयर डाक्टर राणाले फुड बैंकका लागि उपमहानगरपालिकाका तर्फबाट ५ लाख बरावरको खाद्यान्न सहयोग गर्ने जानकारी दिए । उनले फुड बैंकका लागि आफ्नो १ महिना बरावरको तलब, भत्ता बापतको रकम ५० हजार सहयोग गर्ने घोषणा समेत गरे ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले फुड बैंक गरीबहरुको सहयोगी हुने अपेक्षा राखिन् । उनले फुड बैंकको दिगो बिकासका लागि नेपालगन्ज उपमहानगरपालिका संस्थागत सहकार्य गर्न तयार रहेको बताईन् ।

सोक्रममा गैसस महासंघ नेपाल र जिल्ला युवा क्लब सञ्जाल बाँकेद्वारा प्रकाशित ‘युवा’ नामक स्मारिका बिमोचन गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका, गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखा र आईएचआरसिको सहकार्य, बास र रोटरी क्लब अफ नेपालगन्जको संयोजन तथा व्यवस्थापनमा फुड बैंक सञ्चालनमा आएको हो ।

अस्पताल रोडको फुड बैंकको बासले तथा कारकाँदोमा रहेको फुड बैंकको व्यवस्थापन र संयोजन रोटरी क्लब अफ नेपालगन्जले गर्नेछ ।