नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग र सिविश नेपालको सहकार्यमा एक दिने बालश्रम तथा बाल संरक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ ।
स्वास्तिक कटेज नेपालगन्जको सभा हलमा भएको कार्यक्रममा उपमहानगरका ४० जना बालबालिकाको सहभागी रहेको थियो । नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमूख शोभा शाहको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा बालश्रम र बाल कार्यको विषयमा ऋतिक शाहीले, बाल संरक्षण विषयमा स्वेता गुरुङ, बालमैत्री स्थानीय शासन विषयमा अन्जना चतुर्वेदीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सिविश नेपालका कार्यक्रम संयोजक भरत अधिकारी, नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रतिनिधि सावित्रा शाह, बास नेपालगन्जका प्रतिनिधि हेमराज भट्टको पनि उपस्थिति रहेको थियो ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा