खेलकुद सामाग्री हस्तान्तरण गरिदै । तस्विरः विजय/सद्भवा
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले खेलकुदबाट बालमैत्री अभियानलाई प्रर्बद्धन गर्न सकिने बताए ।
उनले बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्दै खेलकुदका माध्यमबाट बालमैत्री अभियानको प्रर्बद्धन गर्न सकिने कुरामा जोड दिएका छन् । वडा स्तरीय बालक्लब सञ्जाललाई खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै उनले भने हामी वडा नम्बर एक लाई नगरकै पहिलो नमुना बालमैत्री वडा निर्माणको अभियानमा जुटेका छौं ।
बालमैत्रीका अधिकासं सूचकहरु पुरा भइसकेकाछन् । बालबालिकाद्वारा बालबालिकाकै लागि भनेर बालमैत्री अभियान गतवर्षदेखि वडाले सञ्चालन गरिरहेकोले सो सूचांकहरु परिपूर्ती गर्न हामी सफल भएको उनले बताए ।
वडा स्तरीय बालक्लब सञ्जाल वडा नम्बर १लाई बालमैत्री अभियान कार्यक्रम अन्र्तगत १५ हजार रुपैयाँको खेलकुद तथा शैक्षिक सामाग्री वडा कार्यालयले शुक्रबार वितरण गरेकोछ ।
सामाग्री ग्रहण गर्दै वडा स्तरीय बालक्लब सञ्जालकी अध्यक्ष सिमरन थापाले वडामा बालअधिकार प्रर्बद्धन तथा बालमैत्री वडा निर्माणमा स्वयम वडा कार्यालयबाट चासो लिएकोमा बधाई दिइन । उनले खेलकुद सामाग्रीको सदुपयोग गरि बालक्लबमा रहेका सवै बालबालिकाले पालैपालो खेलकुद सामाग्री प्रयोग गरिने बताईन ।
खेलकुद सामाग्री वितरण कार्यक्रममा वडा स्तरीय बालक्लब सञ्जालका पदाधिकारी, स्थानीय सामाजसेवी सुनील मल्ल, पूर्व बालक्लब सञ्जालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा