आजदेखि एक महिना मलमास, श्रीमान–श्रीमती सँगै सुत्न नहुने


आजदेखि एक महिना मलमास, श्रीमान–श्रीमती सँगै सुत्न नहुने

नेपालगन्ज : मलमास, अधिकमास अर्थात् पुरुषोत्तम मास आज (असोज २ गते ) शुक्रबारदेखि सुरु भएको छ । मलमासभरी कुनै पनि शुभकर्म गर्न हुँदैन । यो वर्ष यहि असोज २ गतेदेखि कात्तिक १ गतेसम्म १ महिना मलमास रहेको छ । मलामास अवधिभर विवाह गरेको १ वर्ष नपुगेका जोडीसँगै सुत्न र एउटै घरमा बस्न हुँदैन ।
 
धर्मशास्त्रका अनुसार, मलमासमा श्रीमान श्रीमतीसँगै बसे श्रीमानलाई हानी हुने भनिएको छ । त्यस्तै मलमास अवधिमा गर्भ रहे त्यस्तो बच्चा अपांग हुने विश्वास लिइएको छ । त्यसैले विवाह भएको १ वर्ष नपुगेका जोडीलाई मलमास बार्न भनिएको हो । मलामास भएकै कारण यो वर्षको दशैं–तिहार पछि सरेको छ । भने सोह्रश्राद्ध अघि सरेको छ ।
 
सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ ।
 
हिन्दु पञ्चाङ्ग अनुसार, सौरमासको एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार, ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ ।
 
हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर मलमास बार्न थालिएको हो ।
 
मलमासमा निश्चित कर्मबाहेक लग्न जुराएर गर्ने सबै किसिमका पर्वहरू प्रतिबन्धित मानिन्छ । पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार, यो मलमास महिनामा अशुद्ध महिना मानिएकोले मुहूर्त जुराएर गर्ने काम गर्न शास्त्रले निषेध गरेको छ ।

शास्त्रीय मान्यता अनुसार, यो महिनामा केही कामको लागि निषेध गरिएको छ भने केही काममा बाधा नहुने कुरा विभिन्न धर्मशास्त्रमा उल्लेख छ । अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनाभरि जान हुँदैन ।

भौतिक संरचना निर्माण गर्नु हुँदैन । एक महिनाभरि कुनै पनि नयाँ शुभकर्मलाई शुभारम्भ गर्न नै निषेध गरिएको छ ।
Kids Festival 2022
kanti aarogya hospital