नेपालगन्ज : नेपाल गुणस्तर तथा नापतौल विभागले हेलमेटको पनि गुणस्तर सम्बन्धी मापदण्ड बनाएको छ । सुरक्षाका लागि लगाइएको हेलमेट दुर्घटना हुँदा हेलमेट एकातिर र मान्छे अर्कातिर भई हेलमेटसमेत फुट्नाले चालकको ज्यानको जोखिम भएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले हेलमेटमा पनि गुणस्तर मापदण्ड बनाएको हो । दुर्घटनाबाट बच्न हेलमेट अनिवार्य गरिएको छ । तर, यसअघि हेलमेटको गुणस्तरसम्बन्धी मापदण्ड भने बनाइएको थिएन ।
बजारमा पाइने कमसल खालका हेलमेटले दुर्घटना हुँदा सुरक्षा दिन सक्दैन । बजारमा अन्तराष्ट्रियस्तरका सुरक्षित हेलमेट पाइने भए पनि सामान्यतया नेपालीले सस्तो हेल्मेट प्रयोग गर्ने गरेको व्यापारीहरू बताउँछन् । सुरक्षाका लागि लगाइने हेलमेटले सुरक्षा नदिएपछि यसको मापदण्ड निर्धारण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागका गुणस्तर निर्धारण शाखा प्रमुख अनिल शाक्यले बताए ।
ट्राफिक प्रहरीसँग दुर्घटनाका फुटेज ल्याएर हेर्दा हेलमेटले सुरक्षा नदिई प्रायः हेलमेट एकातिर मान्छे अर्कातिर भएको दृश्य भेटेपछि यसको मापदण्ड तयार गरिएको उनले बताए । उनका अनुसार बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा तोकिएको छ । उनका अनुसार यो मापदण्ड स्वयच्छ्यात्मक हो। बाध्यात्मक होइन ।
यदि कुनै उद्योगीले यो मापदण्ड पु¥याएर हेलमेट बनाउँछन् ।त्यसलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरिने छ । कुनै उद्योगीले मापदण्ड प्रयोग नगरी हेलमेट बनाउँछन् । उनीहरूलाई कारबाही हुँदैन। तर, त्यस्ता हेलमेटले भने एनएस चिन्ह पाउँने छैनन् । यदि सरकारले यस मापदण्डलाई बाध्यात्मक बनाउने हो भने बजारमा न्यून गुणस्तरका हेलमेट बन्द हुने हेलमेट उद्योगी बताउँछन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा