नेपालगन्ज : आदर्श मावि नेपालगन्जले १८औं बार्षिकोत्सब मनाएको छ । विद्यालय प्रांगणमा शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, नाटक, फेशन शो लगायतका प्रस्तुति देखाएका थिए । विद्यालयमै शिक्षक र विद्यार्थीहरुले विभिन्न फुड स्टल समेत राखेका थिए । त्यसअघि भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य आइपी खरेलले विद्यालयहरुमा अब नैतिक शिक्षा अनिवार्य गर्न जरुरी रहेको बताउँदै आदर्शवान् र नैतिकवान् मानिस आजको आवश्यकता भएको औंल्याए ।
आदर्श माविले बाँकेको शैक्षिक विकासमा अहम् भूमिका खेलेको चर्चा गर्दै उहाँले निम्न स्तरका अभिभावकहरुलाई पनि विद्यालयले समेट्नुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयका चिफ डाइरेक्टर ईश्वर प्रसाद पोखरेलले विद्यालयले गरिरहेका गतिविधिहरु र भावी योजनाबारे चर्चा गरेका थिए ।
विद्यालयका एकेडेमिक एड्भाइजर प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले, हिसानका बरिष्ठ उपाध्यक्ष टंक आचार्य, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष विन्दुभूषण बस्नेत, १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, आदर्श माविका संस्थापक सदस्य डाक्टर राजकुमार सुवेदी, विद्यालयका प्राचार्य विरभान केसी, सहप्राचार्य टंक प्रसाद गौतम लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गत बर्षको एसईई परीक्षमा उत्कृष्ट अंक ल्याएका अंशुराज ओली र विपिन पौडेललाई सम्मान गर्नुका साथै हरेक बर्ष प्रदान गरिने अनुराधा स्मृति पुरस्कार अनुराधा स्मृति कोषका संरक्षक धुब्र अधिकारीले गत बर्षको एसईई परीक्षाका सर्बोत्कृष्ट छात्रात्रय अदिति बडवाल, ज्योति झा र आरति आचार्यलाई संयुक्तरुपमा प्रदान गरेका थिए ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा