अक्सिजन बिना १० पटक सगरमाथा चढ्ने पर्वातारोही शेर्पाको निधन


अक्सिजन बिना १० पटक सगरमाथा चढ्ने पर्वातारोही शेर्पाको निधन

नेपालगन्ज : ‘हिम चितुवा’ उपनामले प्रख्यात कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधन भएकोछ ।

कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको सोमबार बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

७२ वर्षको उमेरमा निधन भएका शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । शेर्पाले विश्वमै १० पटक बिना अक्सिजन सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई ‘हिम चितुवा’ उपनाम दिइएको थियो ।

सोलुखुम्बुमा जन्मिएका उनी पछि जोरपाटीमा बस्दै आएका थिए ।