प्रबक्ता रिजाललाई पितृ शोक


प्रबक्ता रिजाललाई पितृ शोक

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता एवंम वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाललाइृ पितृ शोक परेकोछ । ८२ वर्षीय रिजालका बुवा विष्णुप्रसाद शर्मा शास्त्रीको शनिबार बेलुका निधन भएको हो ।

शनिबार दिनभर परिवारका सदस्यहरुसंग गफिएका विष्णु शौचालय शौच गर्न गएका थिए । सोही क्रममा उनलाई बे्रन ह्याम्ब्रेज भएको थियो । प्रमोदले भने शौचालयमा अचेत अवस्थामा भेटिएका बुवालाई तत्काल उपचारका लागि नेपालगन्ज शिक्षण अस्पतालमा पु¥याइयो । तर, उपचारका क्रममा बुवाको निधन भयो ।

विष्णुको निधनसंगै रिजाल परिवार शोकमा डुवेकोछ । रिजालको घरमा यतिवेला ईष्टमित्र, आफन्त, छिमेकि, शुभचिन्तक, ब्यापारि, विभन्न वडाका वडा अध्यक्ष, राजनितिक नेता लगायतको भीड लागेकोछ । पाँच वर्ष पहिले प्रमोदका वुवा विष्णुको हाट अप्रेसन गरिएको थियो । पूर्व शिक्षक समेत रहेका शास्त्री उच्च रक्तचापका बिरामी थिए । उनका चार भाई छोरा छन् ।

हिन्दू धार्मिक सस्कारअनुसार विष्णुको दाहसस्कार गरिने रिजालले बताए । कम्दी स्थित राप्तीको सिधनवा घाटमा हिन्दू धार्मिक संस्कारअनुसार आज(आईतबार) नै दाहसस्कार गरिने प्रवक्त प्रमोद रिजालले बताए ।